काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धनलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् ।
आज बिहान बालुवाटारमा बसेको सभापति देउवा र प्रचण्डको बैठकमा प्रधानमन्त्री र राष्ट्रपति पदका विषयमा सहमित हुन नसकेपछि प्रचण्ड बैठकको बिचबाटै बाहिर निस्किएपछि नेता कार्कीले यस्तो बताएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको छलफलपछि कार्कीले भने–‘गठबन्धन जोगाउनु अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पु¥याउनु हुन्छ ।’
संचारकर्मीले प्रचण्डलाई प्रधानमन्त्री छोडन् कांग्रेस तयार हो ? भनेर सोधिएको प्रश्नमा उनले भने ‘सबै कुरा अन्तिम घडीमा हुन्छ ।’
वि.सं.२०७९ पुस १० आइतवार १३:५७ मा प्रकाशित





























