काठमाडाैं । एमाले र माओवादी केन्द्रबीच सरकार गठनमा सहमति बन्दा प्रधानमन्त्रीसहित मुख्य तीन पदमा सहमति भएको छ । दुइ दलबीच प्रधानमन्त्रीसँगै सभामुखमा आलोपालो हुने सहमति भएकाे हाे ।
तर, राष्ट्रपति पद भने एमालेले पुरै कार्यकाल पाउनेछ ।
पहिलाे चरणमा एमालेले प्रधानमन्त्रीमा माओवादीलाई सघाउनेछ भने माओवादीले सभामुखमा सघाउनेछ । साढे दुइ वर्षपछि एमालेले प्रधानमन्त्री पाउनेछ भने माओवादीले सभामुख पाउनेछ ।
दलहरूबीच यही सहमतिकै आधारमा सरकार गठनकाे सहमति भएकाे हाे । जसमा स्वतन्त्रसहित १६९ सांसदकाे समर्थन छ ।
वि.सं.२०७९ पुस १० आइतवार १८:१५ मा प्रकाशित






























