काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रचण्डले आफ्नो दल माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदकाे समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । प्रचण्डकाे पक्षमा १६९ सांसदकाे समर्थन जुटेको छ ।
यससँगै प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका छन् । उनकाे पद तथा गोपनीयताको शपथ ग्रहण भने साेमबार हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।
वि.सं.२०७९ पुस १० आइतवार १८:४४ मा प्रकाशित






























