back
CTIZAN AD

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

वि.सं.२०८३ असार १४ आइतवार

255 

shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीहरूको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन् । सम्बोधनका क्रममा सहसंयोजक नेपालले मदन भण्डारीको भनाइलाई उद्धृत गर्दै कुराले मात्रै चिउरा नभिज्ने उदाहरण दिए।

“हामीले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौं या हामीभित्र के-कस्ता विकृतिहरू आए? यसको आत्मसमीक्षा गरौं,” नेपालले भने, “यो कुनै एउटा पार्टीको मात्रै कुरा होइन। नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, सबैले आत्ममन्थन गर्न सक्नुपर्छ। त्यो गर्न सक्यौं भने मात्र हामीले कम्युनिस्टहरूलाई एकताबद्ध बनाउन सक्छौं।”

साथै, उनले मिल्न सक्ने एजेन्डाहरूमा सहमति खोज्दै अघि बढ्नु आजको आवश्यकता रहेको जिकिर गरे। उनले थपे, “मदन भण्डारीले भन्नुहुन्थ्यो– कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन, अर्थात् कुरा मात्रै गरेर केही हुनेवाला छैन। त्यसैले हामीले अहिले मिल्न मिल्ने कुराहरूमा सहकार्य गर्दै अघि बढ्नुपर्छ।”

आत्मकेन्द्रित चिन्तनलाई पराजित गर्न नसकेसम्म राजनीतिक गफ गफमै मात्र सीमित हुने उनको भनाइ थियो । “अब हामी कसरी अघि बढ्ने? समाजवादी क्रान्तिको यो चरणमा प्रवेश गरेपछि नेपाली समाजलाई कुन दिशामा लैजाने? त्यसका निम्ति हामी कहाँ चुक्यौं? कहाँ गल्ती गर्‍यौं? हिजो यो उचाइमा पुगेको कम्युनिस्ट पार्टी आज किन कमजोर भयो? हामी सबैले आत्मसमीक्षा गरौं,” नेपालले प्रश्न गरे, “यसका कारणहरू के-के हुन्? विचार र सिद्धान्तको विचलन हो कि हाम्रो व्यक्तिवादिता? ‘मै हुँ’ भन्ने अहङ्कार हो कि भ्रष्टाचार गर्ने प्रवृत्ति? के कारणले यस्तो भयो, खोतल्नै पर्छ।”

उनले जननेता मदन भण्डारीको स्मरण गर्दै उनका मार्गदर्शक विचारहरूलाई आत्मसात गर्न आग्रह गरे। “उहाँ दूरदर्शी दृष्टिकोण राखेर चल्नुहुन्थ्यो। समस्याको सही पहिचान गर्न खोज्नुहुन्थ्यो र सधैं वास्तविकताको धरातलमा जोड दिनुहुन्थ्यो। चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ भन्नुहुन्थ्यो,” नेपालले स्मरण गरे, “उहाँले पार्टीको अनुशासन कहिल्यै तोड्नुभएन। उहाँसँग जोडिएका थुप्रै संस्मरणका शृंखलाहरू छन्। उहाँले जुनसुकै प्रतिस्पर्धामा पनि श्रेष्ठता हासिल गर्ने कुरामा जोड दिनुभएको छ। जनताको बहुदलीय जनवाद (जबज) का कतिपय महत्त्वपूर्ण पक्षहरू हामीले आज पनि उत्तिकै ग्रहण गर्नुपर्ने आवश्यकता छ।”

वि.सं.२०८३ असार १४ आइतवार १५:५७ मा प्रकाशित

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

काठमाडौं । राजधानीको कीर्तिपुरमा गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख छ ।...

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष...