back
CTIZAN AD

सूर्यज्योति लाइफको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त

वि.सं.२०७९ पुस ११ सोमवार

642 

shares

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको संचालक समितिको बिहीबार बसेको बैठकले भट्टराईलाई संचालक समितिका अध्यक्षमा चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

उनले सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । कम्पनीको संचालकमा नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल र प्रिया तायल चयन भएका छन् । उनीहरुले पनि नवनियुक्त अध्यक्ष भट्टराईबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

यस्तै, कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त भएका छन् । सुर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भइ सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट पुस ७ गतेबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् ।

वि.सं.२०७९ पुस ११ सोमवार ०८:५५ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...