back
CTIZAN AD

तुल्सीराम पोखरेललाई मेगा बैंकको कामु सीइओको जिम्मेवारी

वि.सं.२०७९ पुस १२ मंगलवार

702 

shares

काठमाडौं । मेगा बैंकको कायम मुकायम अधिकृतको जिम्मेवारी तुलसीराम पोखरेलले पाएका छन् ।

बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले पुस ९ गतेदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि पोखरेललाई कामु सीइओको जिम्मेवारी दिइएको हो ।

विगत २७ बर्षदेखि नेपालको बैंकिङ सेवामा रहेका पोखरेल मेगा बैंकको १४ जना संस्थापकमध्ये एक हुन् ।

बैंक सञ्चालनमा आउनुभन्दा अघि नै २०६७ साल बैशाख १ गतेबाट पूर्वसञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गरेका पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सिइओ बनेका हुन् ।

उनले स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरुको विभागीय जिम्मेवारीका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रुपमा करिब तीन दशक अघि करिअर शुरु गरेर अधिकृत बनेका उनी मेगा बैंकमा आवद्ध हुनुअघि प्रुडेन्शियल फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत समेत थिए ।

यसअघि बैंकको कामु सीइओमा रहेकी रविना देशराज श्रेष्ठ जोशीको राजीनामा पुस ८ गते अन्तिम कार्यदिन हुने गरी स्विकृत भएको थियो । उनले मेगा बैंकमा १३ वर्ष भन्दा बढी समय रहेकी थिइन् ।

वि.सं.२०७९ पुस १२ मंगलवार ०८:२१ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...