back
CTIZAN AD

सुन्तलाले राम्रो बजार पायो, तर किसानले खुसी हुन पाएनन्

वि.सं.२०७९ पुस १२ मंगलवार

765 

shares

रेसुङ्गा । गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम रु एक सय छ । दानाको आकारका भरमा रु पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ ।

गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् । सुन्तला कृषकसँगै उपभोक्ता पनि मारमा परेका छन् ।

बजारमा प्रतिकिलोग्राम रु एक सयमा सुन्तला धमाधम बिक्री भए पनि बिचौलियाले सुन्तला कृषकलाई त्यसको आधा रकम तिर्न पनि गाह्रो मान्छन् । सुन्तला बगैँचामा आफूहरुको मोलतोल नचल्ने बिचौलियाकै मनोमानी चल्ने सुन्तला कृषकको गुनासो छ ।

बजारमा चलेको मूल्यअनुसार सुन्तला बिक्री गर्न नपाएको छत्रकोट गाउँपालिका–३ का कृषक जितबहादुर झाँक्रीले बताए । “सुन्तला बजारीकरणमा निकै समस्या छ, धेरै सस्तोमा बेच्नुपर्ने बाध्यता आइलाग्छ”, उनले भने, “उनीहरुले तोकेको मूल्यमा नदिए कुहिएर जाने सम्भावना हुन्छ ।” आफूहरुले सानो दाना प्रतिकिलोग्राम रु ४० र ठूलो दाना प्रतिकिलोग्राम रु ५० मा बिक्री गर्ने गरेको उनले जानकारी दिए । उनको बगैँचामा अहिले सुन्तलाका पाँच सय बोट छन् । उनले वार्षिक नौ सय क्विन्टल सुन्तला बिक्री गर्दै आएका छन् ।

सोही ठाउँका अर्का कृषक विष्णु कँडेलको पनि समस्या बजारीकरणको हो । उनले बगैँचासम्म गाडी लगेर सुन्तला बजारमा पु¥याउन सुविधायुक्त सडक नभएकाले नोक्सान बेहोर्दै आएका छन् । “बजारमा आफैँले सुन्तला बिक्रीका लागि लैजान गतिलो बाटो छैन”, उनी भन्छन्, “बजारको भन्दा आधा मूल्यमा दिए मात्र सुन्तला बिक्री हुन्छ ।” उनले नर्सरीसहित सुन्तला बगैंचा स्थापना गरेका छन् ।

सोही स्थानकी कृषक पुनकला भुसालको पनि समस्या यही हो । सुन्तलाको बजारीकरणमा कुनै समस्या नभए पनि आफूहरुले भनेको मूल्य भने पर्दैन । बुटवलबाट आएर बगैँचाबाटै सुन्तला बिक्री हुने तर उनीहरुले भनेकै मूल्यमा दिनुपर्ने बाध्यता रहेको भुसालले गुनासो गरे ।

छत्रकोटमा कृषकबाट सुन्तला खरिद गर्ने र बजारसम्म पु¥याएर उपभोक्तालाई बिक्री गर्न केही छत्रकोटकै स्थानीय, केही पाल्पा र केही बुटवलसम्मबाट आउने गर्दछन् । कृषकले दिएसम्म अझ सस्तोमा बगैँचामा खरिद र नदिए पनि बढीमा प्रतिकिलोग्राम रु ५० सम्ममा खरिद हुने गरेको छ । कृषकहरु पनि यस्तै ठेक्का लिने व्यापारीहरुलाई सुन्तला बेच्न बाध्य छन् ।

सुन्तला कृषकलाई आबद्ध गरेर काम गरिरहेको अनमोल कृषक समूहका अध्यक्ष विष्णुप्रसाद पन्तले कृषकले तोकेको मूल्यमा सुन्तलाको बजारीकरण गर्न कोल्डस्टोर आवश्यक रहेको बताए । स्थानीय सरकारको सहयोग भएमा आफूहरुले कोल्डस्टोर स्थापना गर्ने र कृषकलाई भनेकै मूल्य दिन सक्ने समूहका अध्यक्ष पन्तको भनाइ छ ।

छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले आफूहरुले यस वर्ष कोल्डस्टोर स्थापनाका लागि बजेट विनियोजन नगरेको जानकारी दिए । “गाउँपालिकाबाट यो वर्ष सुन्तला कृषकका लागि कोल्डस्टोरको कार्यक्रम छैन”, उनले भने, “प्रदेशमा माग गरेका छौँ, भयो भने कृषकको समस्या समाधान हुन्छ ।” आफूहरु कृषकको पक्षमा रहेकाले समस्या समाधान गर्ने गाउँपालिका उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

गुल्मीमा यस वर्ष कूल नौ सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ । जसबाट कूल ६ हजार आठ सय ३९ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । यसबाट रु २९ करोड ३७ लाख आम्दानी हुने कृषि ज्ञान केन्द्र गुल्मीको अनुमान छ ।

वि.सं.२०७९ पुस १२ मंगलवार १४:०६ मा प्रकाशित

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...