back
CTIZAN AD

न्यायाधिश कुँवर भन्छन्–प्रधानमन्त्री तथा मन्त्रीहरुले लावालस्कर संस्कृति हटाउनु पर्छ

वि.सं.२०७९ पुस १५ शुक्रवार

720 

shares

काठमाडौं । न्यायाधिश टेकनारायण कुँवरले प्रधानमन्त्री तथा मन्त्रिहरुलाई १२ बुँदे सुझाव दिएका छन् ।

कुँवरले लावा लस्कर संस्कृतिलाई हटाउने, अन्तर्राष्ट्रिय महत्वको र राष्ट्रिय गौरवको विषयमा बाहेक उद्घाटन र सिलान्यासमा नजाने, मितव्ययितालाई प्रोत्साहन गर्ने लगायतका यस्तो नीति बनाऔं भन्दै १२ बुँदे सुझाव दिएका हुन् ।

यस्ता छन् उनका सुझाव
१. अन्तर्राष्ट्रिय महत्वको र राष्ट्रिय गौरवको विषयमा बाहेक उद्घाटन र सिलान्यासमा नजाने ।

२. सरकारमा बसेकाले कम्तिमा पनि कार्यालय समय पार्टीको काममा नलगाइ राज्य सञ्चालनमा मात्र लगाउने ।

३. सरकारी निवासमा दलका बैठक र कार्यक्रम बिलकूल आयोजना नगर्ने ।

४. राज्यले आयोजना गर्ने कुनै पनि कार्यक्रममा मन्त्रिपरिषदका सदस्यले मात्र हैन सरकारी विभागका कुनैपनि कार्यक्रममा मदिरा निषेध गर्ने ।

५. व्यक्तिगत कामका लागि सरकारी साधन स्रोत कसैले पनि प्रयोग नगर्ने ।

६. सरकारी तवरमा गरिने कुनैपनि कार्यक्रम तडकभडक देखिने किसिमबाट नगर्ने ।

७. मितव्ययितालाई प्रोत्साहन गर्ने।

८. राष्ट्र राष्ट्रियता र नेपालको मौलिक संस्कृतिलाई जगेर्ना र माया गर्ने अनुशासित नागरिक समाजको निर्माण गर्न कार्यक्रमहरु ल्याउने ।

९. भ्रष्टाचार नियन्त्रणका लागि कठोर नीति अबलम्बन गर्ने । वर्षौं वर्षसम्म विकास निर्माणका आयोजनाहरु ओगटेर समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई कानूनको पालना गराउन सरकारले कठोर नीति लिने ।

१०. नागरिक सेवामा खटिएर उत्तरदायित्व ठीक ढंगले बहन नगर्नेलाई कारवाही गर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने ।

११. लावा लस्कर संस्कृतिलाई हटाउने ।

१२. Appointment लिएर मात्र र आवश्यक परेको कुरामा मात्र भेटघाटको समय दिने ।

वि.सं.२०७९ पुस १५ शुक्रवार १६:४८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...