back
CTIZAN AD

भैसीपालनबाट मनग्य कमाएका अचार्य भन्छन्–विदेशमा भन्दा बढी यहि कमाएको छु

वि.सं.२०७९ पुस १५ शुक्रवार

747 

shares

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहेका छन् । उनी यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउछन् । उनका बिसमुरे फार्ममा १० भैँसी छन् ।

परिवारको साथले भैँसी पाल्न सहज रहेको उनी बताउछन् । आफ्ना उमेरका अधिकांश विदेश गएका तर चालिसे अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा राम्रो आम्दानी हुने बताउछन् ।

नगरपालिकाले बीमा लगायतमा सहयोग गरे पनि अझै किसानलाई सहयोग गर्नुपर्ने उनको भनाई छ । घाँसपातका लागि केही असहज भए पनि अन्य धेरै दुःख नरहेको उनको भनाइ छ । बिहान साढे ४ बजेदेखि राति अबेरसम्म काममा व्यस्त रहँदा आफ्नै घरमा परिवारसँग बसेर दूध, दही र मोही खान पाउँदा आफूलाई विदेश जानुभन्दा धेरै खुसी र आनन्द रहेको उनी बताउछन् ।

पछिल्लो समय जिल्लाका युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।

विगतमा उत्पादित दूधलाई स्थानीय बजारका चिया पसलमा बिक्री गर्दै आएका किसानले अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा आम्दानी हुने र पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने तथा दूध उत्पादन गर्ने किसान बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्ने बढेका छन् । किसानहरुले एउटै फार्ममा कम्तीमा १० देखि ८० सम्म उन्नत नस्लका गाईभैँसी पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानीका अर्का किसान बच्चुराम गिरीले बताए ।

नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सङ्कलन भएको दूध काठमाडौँ निर्यात हुँदै आएको छ । दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक रु ३० करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसे बताउछन् । उनी भन्छन्, “पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ ।”

उनका अनुसार मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड छ ।रासस

file-photo

 

वि.सं.२०७९ पुस १५ शुक्रवार १७:०२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...