back

एसका अधिकांश स्थायी समिति सदस्य सरकारमा नजाने पक्षमा

वि.सं.२०७९ पुस १८ सोमवार

21 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र सरकारमा जाने कि नजाने भन्ने विषयमा तीव्र बहस भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने कि गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठक बिना निष्कर्ष टुंगिएको छ ।

अब यो निर्णय गर्ने अधिकार पोलिटब्युरो बैठकलाई दिइएको छ । एकीकृत समाजवादी सरकारमा जाने वा नजाने भन्ने निर्णय अब पोलिटब्युरो बैठकले लगाउने भएको छ ।

दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले सरकारमा जान नहुने धारणा राखेका थिए । कतिसम्म भने सम्मानित नेता झलनाथ खनालले समेत यो सरकार वामपन्थी नेताको नेतृत्वमा बने पनि ‘खिचडी सरकार’ भन्दै समर्थन गर्न नसकिने धारणा राखेका थिए ।

स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा सहभागी हुन नहुने धारणा राखेपछि अध्यक्ष माधवकुमार नेपाल अलमलमा परेका छन् । प्रचण्डको निकै ठूलो दबाबपछि विश्वासको मत दिएर सरकारलाई समर्थन गर्ने सोच राखेका नेपाललाई अहिले के गर्ने भन्ने अन्योल देखिएको हो ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा दुई नेताले मात्र सरकारमा जानुपर्ने धारणा राखेका थिए । बैठकमा सहभागी एक नेताले मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले मात्र प्रचण्ड नेतृत्वको सरकारमा जानुपर्ने धारणा बैठकमा राखेका थिए । न्यौपाने निकै अघिदेखि एमालेसँग मिल्नुपर्छ भन्ने विचारका नेता हुन् । ज्वाला भने जसरी पनि एकपटक मन्त्री बन्न चाहिरहेका छन् । यदि पार्टीले प्रचण्डलाई विश्वासको मत दिए आफ्नो मन्त्री पद सुरक्षित हुने उनले देखेको एक नेताले बताए ।

‘स्थायी कमिटी बैठकमा अधिकांशले यो सरकारमा तत्काल सहभागी हुन नहुने धारणा राखेका छन् । तर मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले भने सरकारमा जानुपर्ने विचार राख्नुभयो’, एक नेताले भने ।

बैठकमा महासचिव बेदुराम भुसालले संगठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरेका थिए। पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टीनिकट संगठन, शुभेच्छुकहरूसँग सुझाव लिइएको उनले बताए। अन्य नेताहरूले पनि पार्टी संगठन निर्माणमै ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

वि.सं.२०७९ पुस १८ सोमवार १२:३० मा प्रकाशित

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...