काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति, उपराष्ट्रपति तथा रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि आवस्यक तयारी गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग राष्ट्रपति, उपराष्ट्रपति तथा रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि आयोगसँग छलफल गरेका हुन् ।
‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबीच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला,’ छलफलका क्रममा प्रधानमन्त्रीले भने ।
उक्त छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन कुशलतापूर्वक संचालन गरेको भन्दै आयोगका पदाधिकारीहरुलाई धन्यवाद समेत दिएका थिए ।
वि.सं.२०७९ पुस १८ सोमवार १२:२८ मा प्रकाशित






























