back
CTIZAN AD

वरियता विवाद : पुराना हच्किँदा नयाँलाई मन्त्री बन्ने मौका

वि.सं.२०७९ पुस १८ सोमवार

696 

shares

काठमाडौं । गठबन्धन सरकारमा मन्त्रीको वरियतालाई लिएर विवाद बढेको छ । एकातिर उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारीमा आएका विष्णु पौडेललाई पहिलो वरियतामा राखेकैले उपप्रधानसहित भौतिकमन्त्रीको जिम्मेवारी आएका नारायणकाजी श्रेष्ठ तिव्र असन्तुष्ट बनेका छन् भने अर्कोतिर उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा रवि लामिछाने आएपछि सबैजसो दलका उच्च नेताहरु मन्त्री बन्न हच्चिएका छन् ।

लामिछानेको नियुक्तीसँगै विशेषतः एमाले र माओवादी केन्द्रभित्रका उच्च नेताहरु मन्त्रीको रेसबाट पछि हटेका छन् । मन्त्रीको दौडधुपमा सुरुदेखि लागेका माओवादीका नेता वर्षमान पुनले मन्त्री नबन्ने घोषणा गरेका छन् । विवादमा परिने डरले पुन धेरै पटक मन्त्री भएको कारण अब पार्टी बनाउने काममा लाग्ने बताउँछन् ।

एमाले–माओवादी गठबन्धनका सूत्रधार मानिने पुन सरकारमा जाने सूचीको पहिलो नम्बरमै थिए । तर, मर्यादाक्रम नमिल्ने भएपछि उनले नजाने निर्णय लिए । सञ्चारकर्मीसँगको कुराकानीमा पुनले भनेका छन्, “तीन पटक मन्त्री भइसकेको छु, यसपटक बाहिरै बसेर अध्यक्षलाई सहयोग गर्छु ।”

उनले विवादबाट जोगिन मर्यादा क्रमको विषय ठूलो नभएको पनि बताएका छन् । “धेरै दल मिलेर सरकार बनेपछि मर्यादा क्रममा तलमाथि हुने विषय स्वभाविक हो”, पुनले भनेका छन्, “तर, मेरो विषय बाहिरै बसेर पार्टी अध्यक्षलाई सहयोग गरौं भन्ने हो । मेरो ध्यान पार्टी निर्माणतिर छ ।”

नेता पुन पछि हटेसँगै माओवादीमा नयाँ अनुहारहरुको चर्चा सुरु भएको छ । माओवादीमा अहिले एक पटक पनि मन्त्री नबनेका सुदन किँराती, अमनलाल मोदी, हितबहादुर तामाङलगायतका नेताको नाम चर्चामा छ ।

एमालेले भने यसअघि नै विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारीमा पहिलो वरियतासहित मन्त्रीमा नियुक्त गराएको थियो । पौडेललाई अघि सारेको एमालेले आन्तरिक सकसलाई बुझ्दै जुनियर नेतालाई मन्त्रीको रुपमा अघि सारेको थियो । एमालेबाट केही मन्त्री थपिने सम्भावना छ । तर, एमालेमा कुनै पनि उच्च नेताहरु मन्त्री बन्ने लाइनमा छैनन् ।

एमालेका एक केन्द्रीय सदस्य उच्च नेताहरुलाई मन्त्री बन्ने वातावरण नभएको बताउँछन् । संसार न्यूजसँगको कुराकानीमा उनले भनेका छन्, “६ महिनामै लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि लामो राजनीतिक इतिहास बोकेका नेताहरुलाई जुनियर शैलीमा मन्त्री बन्न गाह्रो हुन्छ । अहिले बडो नैतिकताको समस्या बनेको छ ।”

वि.सं.२०७९ पुस १८ सोमवार १२:१९ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...