back
CTIZAN AD

शितलहरबाट नागरिकलाई बचाउन पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन

वि.सं.२०७९ पुस १८ सोमवार

711 

shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले देशैभरी बढ्दै गएको चिसोका कारण नागरिकले क्षति व्यहोर्नु नपर्नेगरी आवस्यक पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग सोमबार बिहान भर्चुअल माध्यमबाट बैठक बसी मन्त्री लामिछानेले उनले बिपद्का समयमा प्रत्यक्ष उपस्थिति भएर प्रभाकारी सेवा दिन समेत निर्देशन दिएका थिए ।

त्यसैगरी मन्त्री लामिछानेले नागरिकको गुनासोरहित सेवामा ध्यान दिन, समस्या समाधानमा समभाव राखेर काम गर्न, सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न, राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन,जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिन र विवेकपूर्ण निर्णय गरेर पीडितलाई न्याय दिन समेत मन्त्री लामिछानले निर्देशन दिएका थिए ।

त्यस्तै न्याय गर्दा लिपिवद्ध कानून मात्र नभएर विवेकको प्रयोग गर्नुपर्ने अवस्थामा विवेक प्रयोग गर्ने लगायतका १८ बुँदे निर्देशन दिएका छन् ।

त्यस्तै उनले प्रमुख जिल्ला अधिकारीहरुलाई आ–आफ्नो कार्यालयको कार्यसम्पादनसँग सम्बन्धित समस्याहरूका बारेमा आजै बेलुकीसम्म रिपोर्ट लेखेर पठाउन समेत निर्देशन दिएका थिए ।

 

 

 

 

वि.सं.२०७९ पुस १८ सोमवार १२:१० मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...