back
CTIZAN AD

कतारमा नेपाली युवाको लगानीमा ‘हेरमोसा ब्युटी सेन्टर’ संचालन

वि.सं.२०७९ पुस १८ सोमवार

909 

shares

कतार । कतारमा नेपाली व्यवसायीको लगानीमा ‘हेरमोसा ब्युटी सेन्टर’ संचालनमा आएको छ । अल अस्मख मल कतारमा नर्यावर्ष २०२३ को जनवरी १ देखि संचालनमा ल्याइएको उक्त ब्युटी सेन्टरमा नेपालीलाई बिशेष छुटको ब्यवस्था रहेको संचालकहरुले बताएका छन् ।

कतारमा रहेका नेपाली ब्यवसायी पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका हुन् ।

अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिने संचालकहरुले जानकारी दिएका छन् । यसरी ठूलो लगानीमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी ब्यावसाय रहेको बताइएको छ ।

कतारी नागरिक अली मुबारक र संचालकद्वयले रिवन काटेर समुदघाटन गरी सन्चालनमा ल्याईएको उक्त पार्लर लेडिज पार्लर रहेको संचालक पोखरियाले बताए ।

गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसि सदस्य, नेपाली ब्यवसायी संघ कतारका सचिव, अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ मध्यपूर्वका अध्यक्ष समेत रहेका पोखरिया कतारमा सफल ब्यावसायी मानिन्छन् ।

उक्त ब्युटी सेन्टरको सुरुवातीपछि संचालक पोखरियाले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिँदै उदघाटनको अवसरमा ४० प्रतिशत छुटको ब्यवस्था रहेकाले समयमै यसको फाइदा उठाउन अनुरोध गरेका छन् । उक्त उद्घाटन कार्यक्रममा नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो ।

लमजुंगमा जन्मिएका पुर्ण पोखरिया र गोर्खा स्थायी घर भएका राकेश श्रेष्ठले सञ्चालनमा ल्याएको उक्त ब्यवसायको उदघाटन कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७९ पुस १८ सोमवार ११:३९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...