दुबई । बैदेशिक रोजगारीका लागि खाडी मुलुकहरुमध्ये युएईको नामपहिलो पङ्तीमा आउने गर्दछ । नेपाली कामदारहरुका लागि धेरै माग रहेको र हरप्रकारका काम सहजै रुपमा पाउने भएकाले रोजगारदाताहरुलाई युएई पहिलो रोजाईमा पर्न गएको हो । पछिल्लो समयको तथ्याङ्कलाई नियाल्ने हो भने अझै दिनाहुँ भित्रिने क्रम बद्दो देखिन्छ । काम गर्नेदेखि लिएर भ्रमण भिसाको शुलभ सुविधाले गर्दा प्रवेशमा सरल बन्दै गएको हो ।
युएई भन्नाले युनाइटेड अरब इमिरेट्स बुझिन्छ । दुबई, अबुधावी, शारजाह, अलऐन, अजमान, रसअल खैमाह र फुजेराह सातवटा राज्यको संयुक्तमा बनेको देश भनेर चिनिने गर्दछ । दुबई युएईको मात्र नभईकन बिश्वको नै प्रसिद्ध सहरमा गनिन्छ । यहाँको राष्ट्रिय भाषा अरबि हो भने राजधानीको रुपमा अबुधावी रहेको छ । युएईलाई बिश्वको नै अग्लो टावर बुर्ज खलिफाले पनि चिनाएको हुन्छ । यो देशले तिव्र रुपमा बिकासको फड्को मार्दै सबैको हितमा राम्रो कानुन व्यवस्थापन गरेका कारण बिश्वको नै ध्यानाकर्षित हुने गर्दछन् ।
नेपाली रोजगारदाताहरुलाई यूरोप राष्ट्रहरुमा जानका लागि धेरै प्रक्रियाहरु पु¥याउनुका साथै चर्को मूल्यचुकाउनु पर्ने भएकाले सबैजनाको पहुचबाट टाढा पाईन्छ । तर, पनि आ–आफ्नो रोजगारीको शिलशिलामा बिश्वको कुना–कुनामा पुगेका हुन्छन् । धेरै जसोले खाडीका विभिन्न राष्ट्रहरुमा रोजगारीको गन्तव्य बनाएका छन् भने कतिपयले यूरोप र एशियामा आफ्नो भविश्यलाई प्रयास जारी राख्दै छन् । रोजगारको सन्दर्भमा हामीहरु जुन देशमा गएता पनि उच्चशिक्षा, कला र शिप भएमा आफुले रोजेको र खाजेको काम सजिलैसंग पाउन सकिन्छ । नत्र भाग्य र परिस्थितिको आधारमा चल्न बाध्ये हुनु पर्दछ । कुनै पनि राष्ट्रमा रोजगार या भ्रमणको लागि जान्छौ भने त्यस देशको कानुनव्यवस्थापन र कामपाईने तरिकाको राम्रोसंग अध्ययन गर्न जरुरी हुन्छ ।
रोजगारीको शिलशिलामा आफ्नो घर परिवारलाई हर प्रकारका सुख र सुविधादिने सपना बोकेर युएई छिरेका धेरै नेपालीहरुले बिदेशको भूमिमा ज्यान समेत गुमाउन पुगेका छन् । नेपाली राजदूतावास अबुधावीको तथ्याङ्क अनुसार यहि २०२२ साल एक बर्षभित्रमा विभिन्न कारणबाट १ सय ५० जनाले ज्यान गुमाएका छन् । जस्मा १ सय १६ जना पुरुषहरु रहेका छन् भने १४ जनामहिलाहरु रहेका छन् । विगतका तथ्याङ्क हेर्ने हो भने सन् २०१९ मा ९७ पुरुष ५ महिला रहेका छन् । त्यसैगरी सन् २०२० मा १ सय ९७ पुरुष ७ जना महिला र सन् २०२१ मा १ सय २५ जनापुरुष १३ जना महिलाहरु रहेका थिए् । दुबईको एउटा हस्पिटलमा २ जना महिलाहरु कोमाको अवस्थामा उपचार चलिरहेका छन् । त्यसैगरी विभिन्न कारणले जेलहरुमा १ सय ९५ पुरुष र १६ जना महिलाहरु विभिन्न कानुनी अभियोगमा सजाय काट्दै रहेको तथ्यांक छ ।
हामीहरु बिश्वको जुनसुकै देशमा प्रवेश गर्छौ त्यस देशको कानुनलाई राम्रोसंग अध्यन र पालना गर्नु अति आवश्यक हुन्छ । कहिले काही कानुनको ज्ञानको अभावले गर्दा अनावश्यक कानुनको दायरामा पर्नेदेखि लिएर जोखिमपूर्ण दुर्घटनाको सिकार पनि बन्नु गर्दछ । जुनसुकै ठांउमा रहेता पनि कानुनलाई पूर्ण रुपमा सहयोग गर्नू हाम्रो परम कर्तव्य बन्दछ । एउटाको गल्तीले गर्दा पूरा परिवारलाई नै असहज र धेरै पीडाको सामना गर्न पर्दछ । त्यस कारण हामीहरु बिदेशीभूमिमा रहदा धेरै कुराहरुको ख्याल गर्नु अति आवश्यक रहन्छ । हामीहरुले समयमा नै धेरै कुराको बिचार पु¥यायौ भने भविश्यमा हुने नोक्सानबाट केहि हदसम्म बच्न सकिन्छ ।
वि.सं.२०७९ पुस १८ सोमवार ११:०५ मा प्रकाशित






























