back

माधव नेपालको निष्कर्ष : सत्ता गठबन्धनमा आबद्ध हुनु सही हुन्न

वि.सं.२०७९ पुस १८ सोमवार

27 

shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पारेका छन् । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताएका हुन्।

बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरे । उनले सत्ता गठबन्धन टिकिरहने विषयमा पनि प्रश्न उठाए ।

“देशको राजनीतिमा आफ्नै जटिलता छन्, हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन, कुनै पनि शक्तिको पछि लाग्दैन, हामी आफ्नो देश अघि बढाउन चाहन्छौं, हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौं”, बैठकलाई सम्बोधन गर्दै नेपालले भनेका छन् ।

नेपालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका थिए । उनले गठबन्धन आबद्ध हुँदा ओली गलत हर्कत पनि सही ठहरिने निष्कर्ष सुनाए ।

दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले एकीकृत समाजवादी सरकारमा जान नहुने धारणा राखेका थिए ।

वि.सं.२०७९ पुस १८ सोमवार १६:३४ मा प्रकाशित

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर...

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने  अर्थमन्त्री महतको भनाई

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्री महतको भनाई

त्रिवेणी (नवलपरासी) । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा...

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

काठमाडौँ । मंसिर लागेयता लागातार बढेर दिनकै नयाँ रेकर्डको गरेका...

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन...

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...