काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका–२५ भैँसीपाटीमा एक महिला मृत भेटिएकी छन् ।
नख्खुडोल बस्ने ३० वर्षीया संगिता गुरुङ आफ्नै टहरामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–७ र ८ को सिमानामा रहेको भंगेरी दोभानको खोल्सामा सोही ठाउँस्थित भिमटार बस्ने ६३ वर्षीया ठुलीकान्छी दनुवार सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ पुस १८ सोमवार १६:५० मा प्रकाशित






























