back
CTIZAN AD

नर्भिक अस्पतालले सुरु गर्यो मृगौला प्रत्यारोपण सेवा

वि.सं.२०७९ पुस १९ मंगलवार

741 

shares

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा शुरु गरेको छ । विगत ३० वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत शुरुवात गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

नर्भिकले हालसम्म २ जना व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको जानकारी दिएको छ ।
मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषलाई उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको हस्पिटलले जनाएको छ ।

विज्ञ चिकित्सक डा.राकेश बर्मा र डा.आर.के. अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपणको काम गरिरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बताएका छन् । मिश्रका अनुसार मृगौला प्रत्यारोपण गर्दा १२ देखि २० लाख रूपैयाँसम्म खर्च हुन्छ । ‘खर्च बिमारीको अवस्थाअनुसार हुन्छ, हामीले १२ देखि २० लाख सम्म खर्च हुने अनुमान गरेका छौं ’, उनले भने ।

उनले नेपालको मृगौला प्रत्यारोपण विश्वमै सस्तो भएको र नर्भिक अस्पतालमा लाग्ने खर्च पनि मध्यम आर्थिक अवस्था भएकाहरुका लागि सहज भएको बताए । नर्भिकले ३ महिना अगाडि मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने लाइसेन्स पाएको थियो ।

कार्यकारी अधिकृत मिश्रका अनुसार आजभन्दा १७ दिन अगाडि पहिलो मृगौला प्रत्यारोपण सेवा शुरु गरेको हो । दुई वटा मृगौला प्रत्यारोपणमा सफलता पाएपछि अस्पताल सेवामा उत्साहित भएको उनले बताए । अस्तालमा भएको जनशक्ति र प्राविधिक पक्षलाई हेर्दा मृगौला प्रत्यारोपणको क्षेत्रमा धेरै काम गर्न सक्ने उनको भनाइ छ ।

नर्भिकले कोभिड महामारीपछिको २ वर्षमा उपचारको क्षेत्रमा धेरै नयाँ सेवा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत मिश्रको भनाइ छ । उनका अनुसार आइभिएफ सेवामा राम्रो पहिचान बनाएको नर्भिकले डर्माटोलोजी र कस्मेटिक सेवा पनि विस्तार गरेर सञ्चालन गरिरहेको छ । अस्पतालले कलेजो प्रत्यारोपणको लागि लाइसेन्स प्रकृया अगाडि बढाएको भन्दै अधिकृत मिश्रले प्रकृया पुरा भएमा आगामी ६ महिनाभित्रमा सेवा सञ्चालन हुन सक्ने बताए ।

वि.सं.२०७९ पुस १९ मंगलवार ०९:०२ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...