काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै केही समयको लागि राहदानी वितरण कार्य बन्द गरेको छ ।
विभागले मंगलबार एक सूचना जारी गर्दै राहदानी आवेदनको स्टाटस हेर्न र राहदानी वितरण कार्य अर्को सूचना नआएसम्मका लागि अवरुद्ध भएको जानकारी दिएको छ ।
‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पुनः सुचारु हुनकेही समय लाग्ने व्यहोरा सबैमा अनुरोध छ,’ विभागकी प्रवक्ता दुरपदा सापकोटाकाद्धारा जारी सूचनामा भनिएको छ, तर्सथ आजका मितिदेखि अर्को सूचना जारी नभएसम्मका लागि माथि उल्लेखित सेवा लिनका लागि विभागमा उपस्थित नभइदिनुहुन अनुरोध छ ।’
त्यस्तै नियमित रुपमा राहदानी आवेदनका अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीहरु बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन समेत विभागले अनुरोध गरेको छ ।
वि.सं.२०७९ पुस १९ मंगलवार १६:२३ मा प्रकाशित






























