back
CTIZAN AD

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट, आज क–कस्ले गुमाए त ?

वि.सं.२०७९ पुस १९ मंगलवार

567 

shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलब शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलब शून्य छ मा झरेको छ ।

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ३९ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्य नौ उपसमूहको शेयर मूल्य घट्दा आउँदा चार उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये एक सय सात कम्पनीको शेयर मूल्य बढेको छ ।

यस्तै, एक सय दुई उपसमूहको शेयर मूल्य ओरालो लाग्दा तीन उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ बराबरको कारोबार भयो ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड १९ लाख ६४ हजार दुई सय ३६ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक रु नौ करोड ६६ लाख ९५ हजार, सानिमा बैंक रु नौ करोड ४९ लाख १२ हजार आठ सय १४, हिमाल दोलखा हाइड्रोपावर रु आठ करोड १७ लाख ९४ हजार चार सय ५२ र नेपाल पुनरबीमा कम्पनी रु आठ करोड तीन लाख ४२ हजार आठ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमा श्वेत गङ्गा हाइड्रोपावर,धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स छन् । यस्तै, नेरुडे लघुवित्तको शेयर मूल्य सात दशमलब ७३ प्रतिशतले बढेको छ ।

त्यस्तै, विन नेपाल लघुवित्त पाँच दशमलब ५९, बोटलर्स नेपाल तराई लघुवित्त पाँच दशमलब ५४, दोर्दी खोला जलविद्युत् तीन दशमलब ४४, पिपल्स पावर कम्पनी तीन दशमलब ४० र हिमालयन बैंकको शेयर मूल्य तीन दशमलब ३२ प्रतिशतले घटेको छ ।

वि.सं.२०७९ पुस १९ मंगलवार १६:३५ मा प्रकाशित

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...