back
CTIZAN AD

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

वि.सं.२०८३ असार १४ आइतवार

219 

shares

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित मोडेल अन्तर्गत विभिन्न नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको छ। यस व्यवस्थापछि सेवाग्राहीले प्रत्येक महिना पुनः प्याकेज सक्रिय गर्नुपर्ने झन्झटबाट छुटकारा पाउनेछन्। एकपटक प्याकेज सक्रिय गरेपछि ग्राहकको मोबाइल ब्यालेन्स पर्याप्त भएमा प्रत्येक महिनामा उक्त प्याकेज स्वतः नवीकरण हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले ३० दिन अवधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ। रु. २९९ को ‘नमस्ते रिकरिङ २९९’ प्याकेजमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी नियमित डाटा, राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डाटा तथा नेपाल टेलिकम नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने २० वटा अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ।

त्यसैगरी रु. ४९९ को ‘नमस्ते रिकरिङ ४९९’ प्याकेजमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी नियमित डाटा, राति प्रयोग गर्न मिल्ने ४ जीबी नाइट डाटा तथा सबै नेटवर्कमा पठाउन सकिने १०० वटा एसएमएस सुविधा समावेश गरिएको छ।

रु. ७९९ को ‘नमस्ते रिकरिङ ७९९’ प्याकेजमा भने सबै नेटवर्कमा असीमित कल सुविधा, दैनिक १० जीबीका दरले मासिक ३०० जीबी डाटा तथा ३०० वटा अल–नेट एसएमएस उपलब्ध हुने व्यवस्था गरिएको छ।

यसका साथै सब्स्क्रिप्सनमा आधारित यी प्याकेज प्रयोग गर्ने ग्राहकका लागि आवश्यकताअनुसार एड–अन डाटा प्याक पनि उपलब्ध गराइनेछ। यसअन्तर्गत रु. ३० मा १ दिनका लागि १ जीबी, रु. ५० मा ३ दिनका लागि २ जीबी र रु. ९९ मा ७ दिनका लागि ४ जीबी डाटा लिन सकिनेछ।

ग्राहकले *1416# डायल गरी प्राप्त निर्देशनअनुसार यी प्याकेजहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

वि.सं.२०८३ असार १४ आइतवार १५:३७ मा प्रकाशित

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

घरजग्गा कारोबार : असारमा मात्रै रु ११ अर्ब ९४ करोड बढी राजस्व संकलन

घरजग्गा कारोबार : असारमा मात्रै रु ११ अर्ब ९४ करोड बढी राजस्व संकलन

काठमाडौँ । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११...

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि...

केही स्थानमा मध्यम र यी प्रदेशमा भारी वर्षाको सम्भावना !

केही स्थानमा मध्यम र यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल...

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

काठमाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले...

आज साउनको पहिलो सोमबार, पशुपतिमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

आज साउनको पहिलो सोमबार, पशुपतिमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत...