back
CTIZAN AD

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

वि.सं.२०८३ साउन ४ सोमवार

564 

shares

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक यही १८ जुलाई २०२६ मा सम्पन्न भएको छ।

बैठकले हरितालिका तीजसम्बन्धी १७ बुँदे एजेण्डा ऊपर छलछल गरी निर्णय पारित गरेको हो ।

हरितालिका तीज आयोजना कार्यक्रमको अवसरमा पॉर्चुगलका महामहिम राजदूतको प्रमुख आतिथ्यमा आगामी १३ सेप्टेम्बर आईतबारको दिन ओस्लोस्थित कालबाक्केन हलमा तीज कार्यक्रमको आयोजना गर्ने निर्णयलाई संघको वेबसाइट फेसबुकमार्फत् सार्वजनिक गरेको छ ।
कार्यक्रम ब्यबस्थित पार्न नेपोसका अध्यक्ष प्रेम परियारको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरी विशेष हरितालिका तीज, दर खाने तथा विविध सांस्कृतिक साँझ २०२६ लाई भव्य रुपमा मनाउने निर्णय गरेको छ।

संघका पदाधिकारीलाई विभिन्न जिम्मेवारी बाँड़फाड़ र व्यवस्थापनको लागि उपसमितिहरू गठन गरिएको छ ।

नेपोससँग आबद्ध निवर्तमान पदाधिकारी, भाइचारा संस्था तथा बिभिन संस्थामा आबद्व नेपाली संस्थाका प्रतिनिधिलाई समेटेर १०१ सदस्यीय विस्तारित समिति बनाइने योजना अघि सारेको छ ।

बिगत वर्षको कार्यक्रम लाई निरन्तरता दीदै यस पटकको हरितालिका पर्वलाई व्यापक प्रचार–प्रसार गर्न विशेष बनाउउने विस्तृृत योजना आगामी १ अगस्ट २०२६ मा संस्थाको पेज तथा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विदेशी भूमिमा आफÞनो कला संस्कृतिको जगेर्ना गर्ने अभिप्रायले आयोजना गरीएको महिलाहरूको महान पर्व हरितालिका तीजलाइ नेपाली मौलिकता र परम्परालाई जोड़ने तीज बिशेष नेपाली परिकार व्यवस्था साथ दर खाने कार्यक्रम रहेको संघले जनाएको छ । साथै संस्थालाई विभिन्न समयमा योगदान गर्नु भएका खेलाड़ी तथा कलाकारलाई सम्मान गरिने भएकोले कार्यक्रम विशेष रहने आयोजकले जनाएको छ ।

संस्थाले विगत १५ वर्षदेखि नर्वेमा रहेका विभिन्न सामाजिक संस्था तथा नेपाली समुदायलाई समेट्दै संयुक्त रूपमा आयोजना गरिँदै आएको दर खाने कार्यक्रम यस वर्ष अझ विशेष र ऐतिहासिक हुने जनाएको छ।
सामूहिक नाचगानसहित मनाइने यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको भाइचारालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सहित स्थानीय कलाकार लाई प्रोत्साहन गर्ने उद्देश्यले सहभागी बिभिन ग्रुप नाचलाई संस्थामार्फÞत प्रमुख अतिथि राजदूतबाट सम्मान स्वरूप प्रमाणपत्र वितरण गरिने विशेष कार्य योजनामा करिव ४५० –६०० जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।

समितिका अनुसार कार्यक्रममा बिभिन्न संस्थामार्फÞत कला, संस्कृति र परम्परालाई झल्काउने विविध सांस्कृतिक प्रस्तुति, तीज गीत तथा नृत्य, प्रस्तुत गरीने छ जसले आपसी सद्भाव र भाइचारालाई सुदृढ बनाउने थप सहयोग पुगने बिश्वास गरीएको १७ बुँदे निर्णय पारित गरेको जनाएको छ ।

समाजले नर्वेमा रहेका सम्पूर्ण नेपाली सहरमा बसोबास गरेका समुदायलाई कार्यक्रममा सहभागी गराई नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा योगदान दिन सहभागीताको लगी सबैमा हार्दिक निमन्त्रणा गरेको छ ।

वि.सं.२०८३ साउन ४ सोमवार ०८:१९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...