काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद गरी कूल ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणको स्वीकृति भइ आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
वि.सं.२०७९ पुस २० बुधवार ०९:३३ मा प्रकाशित




























