back
CTIZAN AD

मन्त्रालय फुटाएर भागबण्डा मिलाउने हल्ला गलत हो–प्रधानमन्त्री

वि.सं.२०७९ पुस २० बुधवार

843 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालय फुटाएर दलबीच भागबन्डा मिलाउने भन्ने हल्ला गलत रहेको बताएका छन् ।

बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासाझेदार दलका शिर्षनेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलाउन मन्त्रालय फुटाउने भनेर आएका हल्ला गलत भएको बताएका हुन् ।

छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले मन्त्रालय फुटाएर भागबन्डा मिलाउँदा जनतामा गलत सन्देश जाने भन्दै राखेको सुझावमा प्रधानमन्त्री प्रचण्डले भने, ‘धेरैको चित्त बुझाउनुपर्ने बाध्यता त छ नै, तर त्यसका लागि गलत थिति बसाल्न हुँदैन भन्नेमा म छु । हल्लाहरु सुनेर नपत्याइदिनुहोला ।’

संबैधानिक व्यवस्था अनुसार संघीय सरकारमा बढीमा २५ जना मन्त्री बनाउन पाइन्छ । तर सत्ता साझेदार दलहरुले बढी मन्त्रालयको दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड सबैको चित्त बुझाउनुपर्ने दबाबमा रहेका छन् ।

नेकपा एमालेसहित ७ दलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले तत्कालै माओवादी केन्द्रबाट २, नेकपा एमाले ४ र राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतका १÷१ गरी ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । अब बाँकी १७ वटा मन्त्रालयमा प्रधानमन्त्रीले पुस २६ गते विस्वासको मत लिएपछि जिम्मेवारी बाँडफाँट गर्ने तयारीमा रहेका छन् ।

त्यसैगरी प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राप्रपाले आफ्ना तीन शर्त पूरा भएमा मात्र सरकारमा सहभागी हुने बताउँदै आएको छ भने उपे्रन्द्र यादव नेतृत्वको जसपाले सरकारमा जाने/नजाने भन्ने निर्णयमा पुग्न सकेको छैन । यद्यपी उक्त दलले संसदीय दलको नेतामा रामसहाय यादवलाई सर्वसम्मत चयन गरेको छ ।

यता नेकपा एकिकृत समाजवादीको चार दिनसम्म बसेको स्थायी समिति र पोलिटव्युरो बैठकले समेत सरकारमा जाने÷नजाने विषयमा टुंगो लगाउन सकिरहेको छैन । यसैबीच आजै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री प्रचण्डले विस्वाको मत मागेका थिए ।

 

वि.सं.२०७९ पुस २० बुधवार १९:५० मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...