काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाल्पामा ६ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जलि तथा घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।
बिहीबार राति पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा ६ जनाको ज्यान जानुका साथै १८ जना घाईते भएका थिए ।
वि.सं.२०७९ पुस २२ शुक्रवार ०९:३६ मा प्रकाशित






























