back
CTIZAN AD

सरकार ढाल्ने अर्को खेल : लिङ्देनलाई प्रधानमन्त्रीको अफर

वि.सं.२०७९ पुस २२ शुक्रवार

1K 

shares

काठमाडौं । विश्वासको मत लिने प्रक्रिया सुरु हुँदै गर्दा सत्ता गठबन्धन भत्काउने खेल सुरु भएको छ । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई प्रधानमन्त्रीसहित एक मुख्यमन्त्रीको अफर गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु गर्दै गर्दा सत्ता गठबन्धनमा आबद्ध राप्रपालाई कांग्रेसले यस्तो प्रस्ताव गरेको हो । राप्रपाका महामन्त्री भुवन पाठकले सञ्चारमाध्यमलाई जनाएअनुसार कांग्रेस प्रस्ताव गरेको तर, राप्रपाले कुनै निर्णय लिएको छैन ।

पाठकले बताएअनुसार अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री र बागमती प्रदेशको मुख्यमन्त्री राप्रपालाई दिने प्रस्ताव देउवाले गरेका छन् ।
बिहीबार बसेको राप्रपा संसदीय दलको बैठक देउवाले पठाएको प्रस्तावबारे छलफल भएको थियो ।

राप्रपाका महामन्त्री धवल शमशेरले कांग्रेसको प्रस्ताव पत्याउने आधारमा नरहेको बताएका छन् । उनले गठबन्धनलाई छाड्ने पक्षमा आफुहरु नरहेको बताए ।

“कांग्रेसको अफरलाई पत्याउने आधार छैन, ऊ आफैँ आन्तरिक रूपमा विभाजित छ, त्यसैले राप्रपा कांग्रेसको प्रलोभनमा पर्दैन”, महामन्त्री राणाले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, “अहिले हामी यही गठबन्धनलाई साथ दिएर अघि बढ्छौं, दायाँबायाँ लाग्दैनौं ।”

निधि अचानक दिल्ली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु हुनै लाग्दा कांग्रेसका नेता विमलेन्द्र निधि दिल्ली पुगेका छन् । भारतीय जनता पाटीसँगको छलफलका लागि उनी दिल्ली पुगेका हुन् ।

कांग्रेस स्रोतले बताएअनुसार दिल्लीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न निधिलाई बोलाएको हो ।

प्रधानमन्त्रीले आगामी पुस २६ मा विश्वासको मत लिँदैछन् । कांग्रेसले जसरी पनि यो विश्वासको मत लिने प्रक्रियालाई असफल बनाउन खोजेको छ ।

सत्ता गठबन्धनभित्रै सहमति कायम नभइरहेको बेला कांग्रेसले पछिल्लो कसरत गरेको हो । अहिले सत्ता गठबन्धन बाहिर स्पष्ट रुपमा १०३ सिट छ । कांग्रेस ८८, एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टी ४ र राष्ट्रिय जनमोर्चा एक गरी १०३ सिट छ।

सरकारमा नगएका तर समर्थन गरेका राप्रपा १४, जसपा १२ र नागरिक उन्मुक्ति पार्टी ४ गरी ३० सिट रहेको छ। यी सबैलाई समेट्न सके १३३ सिट पुग्छ । यस्तोमा साना अन्य दललाई समेट्न सके बहुमत पनि पुग्न सक्छ ।

वि.सं.२०७९ पुस २२ शुक्रवार १२:२१ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...