back
CTIZAN AD

मधेश राजनीतिमा नयाँ शक्ति निर्माणको प्रयास : मिले सिके र रेशम

वि.सं.२०७९ पुस २४ आइतवार

711 

shares

काठमाडौं । जसपाको विभाजन र पछिल्लो आम चुनावसँगै मधेश राजनीतिमा एकातिर मुख्य शक्तिहरु कमजोर बनिरहेका छन् भने अर्कोतिर नयाँ शक्तिहरुको उदय भएको छ । अहिले जसपा र लोसपा यसअघिको तुलनामा निकै कमजोर बनेका छन् भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी नयाँ शक्तिको रुपमा उदाएका छन् ।

पछिल्लो निर्वाचनबाट उदाएका दुई शक्ति जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तराई–मधेशको प्रदेश तहमा निर्णायक पोजिसनमा छन् । जनमत पार्टी मधेश प्रदेशमा निर्णायक पोजिसनमा छ भने नागरिक उन्मुक्ति पार्टीको निर्णय बिना सुदूरपश्चिम प्रदेशमा सरकार नै नबन्ने स्थिति छ ।

१०७ सदस्यीय मधेश प्रदेशमा कुनै पनि दलको बहुमत छैन । संसदीय अंकगणितको कारण मधेशमा सरकार निर्माण गर्न निकै सकस देखिन्छ । यस्तोमा १३ सिट भएको जनमत पार्टी निर्णायक स्थितिमा छ । जनमत पार्टीले सहयोग गरे हालको सत्ता गठबन्धनले नै सरकार बनाउन सक्छ । तर, जनमत आफैंले सरकारको नेतृत्वमा दाबी गरेको छ ।

यता, ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार निर्माण थप सकसमा छ । त्यहाँ नागरिक उन्मुक्ति पार्टी जता मिले उतै बहुमत हुन्छ । नागरिक उन्मुक्ति पार्टी बिना सत्ता गठबन्धन वा कांग्रेस कसैले पनि सरकार निर्माण गर्न सक्दैन । यस्तोमा उसले आफैं मुख्यमन्त्रीको दाबी गरिरहेको छ ।

प्रदेश तहमा निर्णायक मानिएका यी दुई दल केन्द्रमा पनि ६ र ३ सिट गरी निर्णायक शक्तिको रुपमा छन् । मधेश राजनीतिबाट उदाएका अन्य शक्तिभन्दा भिन्न यी दलले आफ्नो निर्णायक पोजिसनलाई बुझेर नै कार्यगत एकता गरेका हुन् ।

आइतबार दुई दलले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै कार्यगत एकताको घोषणा गरेका थिए । जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेता रेशमलाल चौधरीको रिहाइको पहलदेखि नागरिकता विधेयकसम्मको एजेण्डालाई अघि सारेर एकताको घोषणा गरेका थिए । उनीहरुले मधेश आन्दोलन र थारु आन्दोलनका मुद्दाहरुलाई पनि अघि सारेका छन् ।

पछिल्लो कार्यगत एकताको घोषणासँगै मधेश राजनीतिमा नयाँ शक्तिको उदय हुँदै गरेको स्पष्ट हुन्छ । यी पार्टी मिलेमा केन्द्र र प्रदेश तहमा थप बलियो शक्ति बन्नेछ । अहिले मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा यी दुई पार्टीको बलियो उपस्थिति छ ।

वि.सं.२०७९ पुस २४ आइतवार १८:०५ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...