काठमाडौं । पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ ।
चार बर्षदेखि पोर्चुगलमा बस्दै आएका गुल्मीका ३० वर्षीय बाबुराम घिमीरेको मृत्यु भएको हो ।गुल्मीको मुसिकोट नगरपालिका ३ का घिमीरेको सोमबार राति मृत्यु भएको एनआरएनए पोर्चुगलद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण घिमीरेको शव नेपाल पठाउन आर्थिक सहयोग गर्न एनआरएनए पोर्चुगलले सबैमा अपिल गरेको छ ।
‘परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले शव व्यवस्थापनको लागि सम्पूर्ण पोर्चुगलबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यथाशक्य आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं’ एनआरएनए पोर्चुगलले अपिल गरेको छ ।
वि.सं.२०७९ पुस २४ आइतवार १८:१६ मा प्रकाशित




























