back
CTIZAN AD

वन्यजन्तुबाट दिनहुँ स्थानीय मर्कामा

वि.सं.२०७९ पुस २५ सोमवार

651 

shares

कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुका कारण पूर्वी नवलपरासीमा निकुञ्ज आसपासको बस्तीका स्थानीयले निकै सास्ती व्यहोर्नुपरेको छ ।

विशेष गरेर जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको दक्षिण क्षेत्रमा निकुञ्जबाट निस्किने वन्यजन्तुले मानवीय क्षति सँगसँगै किसानले लगाएको बालीनालीमा क्षती पु¥याउने गरेका छन् । आइतबार मात्रै निकुञ्जबाट निस्किएको गैँडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नं ११ मा आफ्नै आँगनमा आगो ताप्दै गरेकी ३७ वर्षीया अनिता बोटे र घाँस काट्दै गरेका कावासोती–१२ का टीकाराम अधिकारीलाई आक्रमण गरेर घाइते बनाएको छ । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी बोटेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अधिकारी सामान्य उपचारपछि घर फर्किएका छ ।

उनीहरूजस्तै आफ्नै घरमा बसेको या आफ्नै बारीमा काम गरिरहेको अवस्थामा गैँडाले आक्रमण गरेको घटना पटकपटक दोहोरिने गरे पनि वन्यजन्तु नियन्त्रणमा निकुञ्ज तथा स्थानीय प्रशासन गम्भीर नबनेको स्थानीयले बताउने गरेका छ्न । उपभोक्ता समिति, निकुञ्ज प्रशासन, स्थानीय तह सबैसँग वन्यजन्तु नियन्त्रणको लागि पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको कावासोती–१२ का डुनराज सिग्देलले बताए ।

वन्यजन्तुले मान्छेलाई गर्ने भौतिक आक्रमण मात्रै होइन किसानले लगाएको बालीनालीसमेत नष्ट गरिदिँदा स्थानीय थप मारमा परेका छ्न । जिल्लाको दक्षिण क्षेत्रका खेतमा एक वर्षमा तीन खेती हुने गरेको भए पनि बालीनालीमा वन्यजन्तुले क्षति पु¥याउँदा कृषकनै चिन्तित भएका हुन् । कावासोती नगरपालिकाको करिब चार किलोमिटर क्षेत्रमा गैँडालगायतका वन्यजन्तु रोक्न भनेर पर्खाल निर्माण गरिएको भए पनि गैँडालगायतका वन्यजन्तु आउने गरेको शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमलबहादुर परियार बताए । विभिन्न ठाउँमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्न बनाइएका अव्यवस्थित गेटबाट गैँडालगायतका वन्यजन्तु आउने गरेका अध्यक्ष परियारले जानकारी दिए । गैँडाले दिनहुँजसो बस्तीमा पसेर आतङ्क मच्चाएपछि स्थानीयवासी रातभर गैँडा कुरेर गैँडा लखेट्ने गरिरहेको उनको भनाइ थियो । “निकुञ्जबाट निस्किएका गैँडालाई उतै लखेटेर घर फर्किन्छाँै, हामी घरमा आइनपुग्दै गैँडा बस्तीमा आइपुग्छ”, उनले भने ।

गैँडालगायतका वन्यजन्तुका कारणले खेतीबाली नष्ट भए पनि समयमै क्षतिपूर्ति नपाउने र पाइहाले पनि उचित क्षतिपूर्ति नपाउने गरेको कावासोती–१३ कृषक चेतनारायण चौधरीले बताए । स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सिफारिसमा निकुञ्जले क्षतिपूर्ति उपलब्ध गराउने भए पनि झन्झटिलो प्रक्रिया र उचित क्षतिपूर्ति नपाउने कारणले किसान समस्यामा पर्ने गरेका कावासोती–१३ का पूर्ववडाध्यक्ष विनोद रानामगर बताउछन् ।

वन्यजन्तुले बालीनाली नष्ट गरिदिने, मान्छेलाई भौतिक आक्रमण गर्ने घटना दिनहुँजसो बढे पनि जनप्रतिनिधिको चासो यसमा नपरेको स्थानीयको गुनासो छ । निर्वाचनका बेला वन्यजन्तु नियन्त्रण गर्ने जिम्मा लिन्छाँै भनेर मत मागे पनि वन्यजन्तु नियन्त्रणको खासै काम जनप्रतिनिधिले नगरेको स्थानीय राजेश लम्सालले बताए । “नगरपालिकाको पहलमा मेस जाली लगाउने कामबाहेक वन्यजन्तु नियन्त्रण गर्ने अन्य कुनै प्रयास नहुँदा स्थानीयवासीको निकुञ्जप्रति हेर्ने दृष्टिकोण फेरिने हो कि भन्ने डर छ”, उनले भने ।

 

वि.सं.२०७९ पुस २५ सोमवार ११:२७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...