काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पाएका छन् ।
संघका अध्यक्ष रहेका अनिल उपाध्याय कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पुरा गरेर बाहिरिए पछि संघको अध्यक्ष पद रिक्त थियो ।
बैंकको सीईओ पद रहेसम्म मात्रै संघको कार्यसमितिमा बस्न पाउने व्यवस्था छ । कृषि विकास बैंकबाट उपाध्याय बाहिरिए पछि विधान अनुसार अध्यक्ष पद रिक्त भएको हो । अध्यक्ष पद रिक्त भएपछि संघको उपाध्यक्ष रहेका केसी स्वतः कार्यबाहक अध्यक्ष बनेका हुन् ।
वि.सं.२०७९ पुस २५ सोमवार ११:०७ मा प्रकाशित





























