back
CTIZAN AD

ब्रोकर एशोसिएसनको अध्यक्षमा सापकोटा, यस्तो छ नयाँ कार्यसमिति

वि.सं.२०७९ पुस २५ सोमवार

507 

shares

काठमाडौं । शेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी गुणनिधि भुसाललाई पराजित गर्दै अध्यक्षमा सापकोटा निर्वाचित भएका हुन् । सापकोटाले २८ मत ल्याएका थिए भने भूसालले १६ मत मात्रै ल्याए । ब्रोकर्स एसोसिएसनको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएपश्चात् अध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।

अध्यक्ष सापकोटा स्वर्णलक्ष्मी सेक्युरिटिज (ब्रोकर नम्बर ३७) का सञ्चालक हुन् भने भूसाल आर्यातारा सेक्युरिटिजका सञ्चालक हुन् । अध्यक्ष बाहेक अन्य कार्यसमिति पदमा भने सर्वसम्मति भएको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा लिंक स्टक मार्केट सेक्युरिटीज (ब्रोकर नम्बर ४१)का सञ्चालिका सरिता अधिकारी, महासचिवमा सुनधारा सेक्युरिटीज (ब्रोकर नम्बर ५२)का सञ्चालक फणिन्द्र ढकाल, सचिवमा स्वेता सेक्युरिटीजका सञ्चालक सुयोग अधिकारी र कोषाध्यक्षमा नासा सेक्युरिटीज (ब्रोकर नम्बर ५८)का कसञ्चालक मदन पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, सदस्यहरुमा अरुण सेक्युरिटी (ब्रोकर नम्बर ३)का सञ्चालक प्रज्वल उप्रेती, सुमेरु सेक्युरिटजी (ब्रोकर नम्बर ४९)का सञ्चालक प्रियन्सु अग्रवाल, प्रज्ञा सेक्युरिटीज (ब्रोकर नम्बर १०)का सञ्चालक मित्रालाल श्रेष्ठ र अनलाइन सेक्युरिटीज (ब्रोकर नम्बर ४९)का सञ्चालक विशाल कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।

वि.सं.२०७९ पुस २५ सोमवार ११:०२ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...