back
CTIZAN AD

लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : अध्यक्ष राउत

वि.सं.२०७९ पुस २५ सोमवार

1.1K 

shares

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै राउतले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गरे । उनले भने, “गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।”

अध्यक्ष राउतले आफूहरुलाई संसद्मा पु¥याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गरे ।

“आवेग र अग्रजप्रति पार्टीको सम्मान पनि छ । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकाङ्क्षा हो, त्यसलाई सकारात्मक ऊर्जाका रुपमा उपयोग गर्न सकौँ भनेर यहाँ आएको छु”, उनले भने ।

नेपाल विविधतायुक्त मुलुक नेपालको समस्यालाई सामूहिकरुपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिए । उनले किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

वि.सं.२०७९ पुस २५ सोमवार १६:२९ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...