back
CTIZAN AD

माधव नेपालले भने– प्रधानमन्त्री प्रचण्डको बोली र व्यवहारमा सामञ्जस्यता आवोस्

वि.सं.२०७९ पुस २५ सोमवार

720 

shares

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका लागि केही गरेर देखाउने तथा नयाँ ढंगले अगाडि बढ्ने भन्ने कुरा बोलीमा मात्र नभएर व्यवहारमा व्यवहारमा पनि देखिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा आफ्नो सम्बोधनका क्रममा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्रीले भनेजस्तै केही गरेर देखाउने, नयाँ ढंगले अगाडि बढ्ने, नमुना काम गर्ने र सबैक्षेत्रमा सुधार तथा आमुल परिवर्तन गरी देखिने गरी काम गरेर देखाउने जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ त्यो सबैले महसुस गर्ने गरी तथा परिवर्तनको अनुभुति जनताले पाउन सक्ने गरी काम अगाडि बढोस् । बोली र ब्यबहारमा सामञ्जस्यता आवोस् ।’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपाले सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गरे । उनले देशमा राजनीतिक स्थायीत्वका लागि सबैले आसा अपेक्षा गरेको भन्दै छिन छिनमा सरकार परिवर्तन होस् भन्ने आफुहरुले नचाहेको समेत बताए ।

‘हामी चाहादैनौं छिन–छिनमा सरकार परिवर्तन होस्, विगतका अनुभवहरुले हामीलाई केही शिक्षा दिएको छ । त्यसैले विगतका अनुभवबाट शिक्षा ग्रहण गरेर अगाडि बढ्नुपर्छ । संविधानलाई मिच्ने कुरामा होइन, त्यसको पालना गर्ने कुरामा प्रधानमन्त्रीेले पनि संविधानको पालना गरेर हिँड्नुपर्छ भन्ने कुरालाई बर्तमान प्रधानमन्त्रीले मनन गर्नुहुनेछ भन्ने आसा लिएको छु ।’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले जनताले यो सरकार र संसदबाट धेरै आसा गरेको बताउँदै पाँचवर्षे कार्यकालमा संसदले महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत बताए ।

वि.सं.२०७९ पुस २५ सोमवार १६:०४ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...