काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न संघको विशेष साधारण सभाले केसीको केसीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
संघका तत्कालीन अध्यक्ष अनिल कुमार उपाध्यायको कृषि विकास बैंकको कार्यकाल सम्पन्न भएपछि रिक्त रहेको अध्यक्ष पदमा एनएमबी बैंकका सिइओ केसी निर्विरोध चयन भएका हुन् ।

यसअघि संघको उपाध्यक्ष रहेका केसी २०७३ फाल्गुनदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् भने उनीसँग तीनदशक लामो बैंकिङ क्षेत्रको अनुभव छ ।
त्यसैगरी रिक्त रहेको उपाध्यक्ष पदमा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई आगामी २ वर्षको लागि मनोनित गरेको छ ।
वि.सं.२०७९ पुस २८ बिहीवार १६:२२ मा प्रकाशित





























