back
CTIZAN AD

‘जलवायु परिवर्तनका कारण हेलम्बुले विपत्ति भोग्नुपर्यो’

वि.सं.२०७९ माघ १ आइतवार

582 

shares

सिन्धुपाल्चोक । जलवायु परिवर्तनका कारण हेलम्बुले महाविपत्ति भोग्नु परेकामा चर्चा गरिएको छ । साथसाथै फाउण्डेशन र हेलम्बु गाउँपालिकाले संयुक्तरुपमा आयोजना गरेको ‘हेलम्बुमा जलवायु परिवर्तनकोे असर र न्याय’बारे अन्तक्र्रिया कार्यक्रममा पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सो कुरा बताएका हुन् ।

उनले जलवायु परिवर्तनकै कारण हेलम्बुले महाविपत्तिसमेत भोग्नाका साथै हेलम्बुको स्याउ भनेर परिचित यो क्षेत्रमा स्याउ फल्नै छोडको, लामखुट्टे लाग्न थालेको, हिउँ पर्नै छोडेको र याकहरु समेत लोप हुन थालेकाले असर न्यूनीकरणका लागि विज्ञहरुको ध्यानाकषर्ण गराए ।
गत वर्ष असार १ गते र त्यसपछिका विभिन्न समयमा मेलम्ची नदीमा आएको बाढीले पुर्याएको क्षतिबारे चर्चा गर्दै अध्यक्ष शेर्पाले यस्तो विपत्तिमा पनि राज्यले उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

उनले पुनरुत्थान तथा पुनःनिर्माणका लागि राज्यको नीति तथा कार्यक्रममा हेलम्बु–मेलम्ची क्षेत्र नसमेटिएको गुनासो गर्दै हेलम्बुलाई न्याय दिन आग्रह गरे ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वनस्पति विभागका निर्देशक डा राधा वाग्ले, नास्टका पूर्वउपकुलपति डा जीवराज पोख्रेलले प्रस्तुत गरेका जलवायु परिवर्तनसम्बन्धी कार्यपत्रमा कृषि विभागका सबनम सिवाकोटी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा प्रभु बुढाथोकीले टिप्पणि गरे ।

राष्ट्रियसभा सदस्य डा बिमला राई पौड्यालले यो मुद्दा सदनमा उठाउने बताए । फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले हेलम्बुमा जलवायु परिवर्तनको असर र न्यायका लागि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । फाइल फाटाे 

 

वि.सं.२०७९ माघ १ आइतवार १६:२४ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...