काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । गत बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् । बैंकर्स संघले माघ महिनाको लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय गरेको थियो ।
संघको निर्णयअनुसार बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशतमा झारेका छन् । पुस महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेप तर्फ १२.१३ प्रतिशत व्याजदर दिएका थिए भने संस्थागत मुद्दती निक्षेपको व्याजदर १०.१३ प्रतिशत दिएका थिए ।
ब्याजदर घटाएसँगै बैंकहरुको साधारण निक्षेपतर्फ ६.४२ प्रतिशतदेखि सुरु भएको छ भने व्यक्तिगत तथा संस्थागत मुद्दतीतर्फ ८ प्रतिशतदेखि सुरु भएको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउदा आधारदर पनि घट्नेछ । साधारण निक्षेपको ब्याजदर घट्दा यसको प्रभाव तत्काल देखिनेछ ।
उद्योगी तथा व्यवसायी बैंकहरुको ब्याजदरबारे निरन्तर आन्दोलनमा छन् । उनीहरुको दबाबपछि सरकारले पनि ब्याजदर घटाउन आग्रह गरेको थियो । जसअनुसार बैंकहरुले ब्याजदर घटाएका हुन् ।
निक्षेपतर्फ कुन बैंकको कति ब्याजदर

वि.सं.२०७९ माघ २ सोमवार १६:४७ मा प्रकाशित






























