back
CTIZAN AD

सत्तारुढ दलबीच मन्त्रालयको भागवण्डाको टुंगो, कुन दललाई कुन मन्त्रालय ?

वि.सं.२०७९ माघ ३ मंगलवार

939 

shares

काठमाडौं । सत्तारुढ दलहरुको सोमबार बसेको बैठकले मन्त्रालयको भागवण्डाको टुंगो लगाएका छन् ।

सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकको निर्णय अनुसार यसअघि प्रधानमन्त्री र एक उपप्रधानमन्त्री लिएको नेकपा माओवादी केन्द्रले थप ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड प्रधानमन्त्री छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रहेका छन् ।

त्यस्तै नेकपा एमालेको भागमा एक उपप्रधानसहित ८ मन्त्री र एक राज्यमन्त्री परेको छ । यसअघि एक उपप्रधानसहित ४ मन्त्री लिएर सरकारमा सहभागी भएको एमालेले अब पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको हो । यद्यपी एमालेका तीन मन्त्रीहरु विना विभागीय रहेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले थप २ मन्त्री पाउने भएको छ । रास्वपाबाट यसअघि पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् भने अव दुई मन्त्रालयमा शिक्षा र श्रममन्त्रालय पाउने टुंगो लागेको हो । रास्वापले उपभामुख पखमा पनि दावी गरिरहेको छ ।

त्यसैगरी यसअघि प्रधानमन्त्रीमा समर्थन गरेपनि सरकारमा सहभागी नभएको राष्ट्रिय प्रजातान्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । अध्यक्ष लिङदेन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन् भने सहरी विकास र खेलकुद मन्त्रालय पनि राप्रपाको भागमा परेको छ।

त्यस्तै यसअघि नै सरकारमा सहभागी भएको डा. सिके राउतको जनमत पार्टीबाट उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रीमा अब्दुल खानले सपथ लिइसकेका छन् भने नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भागमा १÷१ मन्त्रालय परेको छ ।

त्यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाको भागमा २ मन्त्रालय परेको भएपनि उसले सहमति जनाएको छैन ।

सोमबारको बैठकमा अध्यक्ष यादवले दलहरुले लगाएको मन्त्रालय बागबण्डामा असहमति जनाउँदै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राजनीतिक नियुक्तिका विषयमा पनि प्याकेजमै जानुपर्ने बताएका थिए ।

उता सरकारलाई विश्वासको मत दिएको माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी भने सरकारमा सहभागी भएको छैन ।
आज बस्ने गठबन्धनको बैठकले मन्त्रालयको टुंगो लगाउने छ भने आजै मन्त्रिपरिष्द गठन र १ बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रम रहेको बताइएको छ ।

 

 

वि.सं.२०७९ माघ ३ मंगलवार ०८:५८ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...