काठमाडौं । नवनियुक्त सूचना तथा संचारमन्त्री रेखा शर्मा मन्त्रिपरिषद्को बरियतामा छैटौं नम्बरमा परेकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार नियुक्त भएका मन्त्रीहरुमा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा उपप्रधानमन्त्री राजेन्द्र लिङदेनपछि छैटौं वरियतामा परेकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी आधिकारिक सूचीमा प्रधानमन्त्री प्रचण्ड, दोस्रोमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, तेस्रोमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, चौथोमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पाँचौमा उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेन रहेका छन् भने छैटौमा रेखा शर्मा रहेकी छन् ।
त्यस्तै यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका राष्ट्रिय जनमत पार्टीका नेता अब्दुल खानको मन्त्रालय फेरिएको छ । उनी खानेपानी मन्त्री बनेका छन् । बाणिज्य तथा आपूर्तिमा एमालेका नेता दामोदर भण्डारी पुगेका छन् ।
यस्तो छ सूची

वि.सं.२०७९ माघ ३ मंगलवार १५:२५ मा प्रकाशित





























