काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले कांग्रेसँग देवराज घिमीरेलाई सभामुख पदका लागि मत दिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचनका लागि बसेको संसदको बैठकमा सांसद भट्टराईले राष्ट्रपति पदका लागि नेपाली कांग्रेसले प्रधामन्त्रीलाई विश्वासको मत दिएको समेत टिप्पणी गरे ।
हामीलाई लागेको थियो । मनबाटै विश्वासको मत प्राप्त भएको भनेर खुसी व्यक्त गरेका थियौं । आज त्यो विश्वासको मतलाई आधार मानेर विभिन्न राजनीतिक टिका टिप्पणी हुँदा कतै त्यो विश्वासको मत जानुपर्ने एकातिर लगाइएको आँखा अर्कैतिर हो कि भन्ने आभाष मिलिरहेको छ ।’ सांसद भट्टराईले भने ।
सांसद भट्टराईले पुस १० गतेको अपरान्हसम्म नेपालको राजनैतिक कोर्ष अन्तै रहेको र अपरान्हपछि अर्कैतिर गएको बताए ।
‘पुस १० गते अपरान्हसम्म हामीले राष्ट्रपति मागेनौं, सभामुख मागेनौं, केही पनि मागेनौं । एउटा चुनाव अगाडि बनेको राजनीति कोर्ष हो ठिकै छ जावोस भन्यौं,’ सम्बोधनका क्रममा उनले भने, ‘प्रतिपक्षमा रहेर भूमिका खेल्ने भनेका थियौं । तर जस्ले त्यो राजनीतिक कोर्ष बढाउनु पथ्र्यो असफल हुनुभो ।’
उनले संविधान धरापमा पर्न नदिन आफुहरु अग्रसर भएको र पार्टीको अध्यक्षले त्यसको अग्रसरता लिएपछि नयाँ राजनीतिक कोर्ष अगाडि बढेको बताए ।
सांसद भट्टराईले प्रतिपक्षमा बसेको भन्ने कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत सभामुखलाई पनि दिएर सघाउनुपर्ने बताए ।
’प्रधानमन्त्रीलाई मुटुले माया गरेको हो भने देवराज घिमिरेले पनि सभामुखमा मत पाउनुपर्छ । उहाँहरु राष्ट्रिय सहमतिको गीत पनि गाइरहनु भएको छ । यदि साँच्चिकै राष्ट्रिय सहमतिको कुरा गरेको हो भने देवराज घिमिरेप्रति कांग्रेसको समर्थन हुनुपर्छ।’ उनले भने ।
वि.सं.२०७९ माघ ५ बिहीवार १३:३० मा प्रकाशित





























