काठमाडौं । नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई प्रतिनिधिसभा उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।
पार्टीका सभापति शेरबहादुर देउवा निवास धुमबाराहीमा बसेको शिर्ष नेताहरुको बैठकले प्रतिनिधि सभा सदस्य यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी धनुषाकी यादव नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।
शनिबार बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको निर्वाचन गर्नेछ ।
त्यसैगरी सत्तारुढ गठबन्धनका तर्फबाट रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराइसकेकी छन् ।
वि.सं.२०७९ माघ ६ शुक्रवार १४:०३ मा प्रकाशित






























