back
CTIZAN AD

युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ आक्रमण तीब्र पारिएको रुसको दावी

वि.सं.२०७९ माघ ९ सोमवार

774 

shares

मस्को ।  केही समयदेखि जारी गतिरोधपछि युक्रेनको जापोरिजिया क्षेत्रमा यसै साता लडाइँ तीव्र भएको रूसी सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । मस्कोको सेना जापोरिजियाका दुई शहरतर्फ अघि बढिरहेको छ रूसले दावी गरेको हो ।

रूसी अधिकारी भ्लादिमिर रोगोभका अनुसार युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रीय राजधानी जापोरिजियाबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने ओरिखिभ र पूर्वतर्फको हुल्याइपोल गरी दुई सहरमा आक्रामक गतिविधि केन्द्रित गरिएको छ ।

रोगोभलाई उद्धृत गर्दै रिया नोभोस्ती समाचार एजेन्सीले भनेको छ, “दस्ता विशेष गरी ओरिखिभ र हुल्यापोलेतर्फ दुई दिशामा अघि बढिरहेको छ ।

उनले ती क्षेत्रमा सक्रिय भिडन्त भइरहेको र लडाई रूसी सेनाको नियन्त्रणमा रहेको बताए ।

युक्रेनी सेनाले आइतबार आफ्नो दैनिक रिपोर्टमा जापोरिजियामा ‘१५ भन्दा बढी बस्तीहरू गोलाबारीबाट प्रभावित भएको’ बताएको छ ।

यसै हप्ताको सुरुमा रोगोभले ओरिखिभ वरपर ‘आक्रमण’ को घोषणा गर्दै रुसी सेनाले निप्रो नदी नजिकैको लोबकोभ गाउँलाई नियन्त्रणमा लिएको बताएका थिए ।

यो हप्ता दक्षिणी क्षेत्रमा युद्ध ‘तीव्र रूपमा बढेको’ उनले बताएका छन् । शनिबार रूसी सेनाले जापोरिजिया क्षेत्रमा ‘आक्रामक कदम’ चालेको र ‘थप लाभप्रद अवस्थामा पुगेको दाबी गरेको थियो ।

गत नोभेम्बरमा मस्कोले प्रमुख शहर खेर्सनबाट हात झिकेपछि दक्षिणी युक्रेनको मोर्चा पछिल्लो समय पूर्वको तुलनामा निकै शान्त भएको छ ।

रुसले जापोरिजिया क्षेत्र र अन्य तीन युक्रेनी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरे पनि यसलाई पूर्णरूपमा नियन्त्रण गर्न सकेको छैन ।

यस क्षेत्रको दक्षिणी भागको ठूलो भाग मस्कोले नियन्त्रण गरेपनि यसको मुख्य शहर जापोरिजिया र उत्तरी भाग रूसी सेनाको अधीनमा परेको छैन ।

रुसले युक्रेनी सेनालाई त्यहाँबाट बाहिर निकाल्ने प्रतिबद्धता जनाएको छ ।(रासस/एएफपी)

वि.सं.२०७९ माघ ९ सोमवार ०८:१३ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...