back
CTIZAN AD

भारतीय धर्मगुरु आशारामलाई आजीवन जेल सजायको फैसला

वि.सं.२०७९ माघ १७ मंगलवार

954 

shares

काठमाडौं । भारतीय धर्म गुरु आसाराम बापुलाई आजीवन जेल सजायको फैसला सुनाइएको छ ।

सुरतकी एक महिलामाथि बलात्कार गरेको आरोपमा उनलाई आजीवन जेल सजाय सुनाइएको हो ।

गुजरातको गान्धिनगर सेशन कोर्टले आसारामलाई सोमबार दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाइएको हो ।

यस अगाडि जोधपुर कोर्टले २५ अप्रिल २०१८ मा आसाराममाथि युपीकी एक नावालिगमाथि बलात्कार गरेको आरोपमा आजीवन जेल सजाय सुनाएको थियो । उक्त केशमा आसारामकी श्रीमतीसहित अन्य ६ जनामाथि आरोप लागेको थियो । अदालतले आसारामलाई दोषि मानेको थियो र आरोपी ६ मध्ये एकजनाको सुनुवाईकै क्रममा मृत्यु भएको थियो भने बाँकी पाँचजनालाई प्रमाणको अभावमा रिहा गरिएको थियो ।

१० वर्षदेखि जेलमा छन् आसाराम
२०१३ मा सुरतकी एक महिलामाथि पटक–पटक बलात्कार गरेको आरोपमा उनी जेल परेका थिए । अहमदावादमा रहेको आसारामको आश्रममा ती महिलामाथि पटक–पटक बलात्कार गरेको आरोप आसाराममाथि लागेको थियो ।
उक्त घटनामा अहमदावादको चाँदखेडामा रहेको प्रहरी चौकीमा आसाराम बिरुद्ध मुद्दा दर्ता गरिएको थियो । एफआईआरका अनुसार महिलामाथि २००१ देखि २००६ सम्म ती महिला आसारामबाट बलात्कृत भएकी थिइन् ।

 

वि.सं.२०७९ माघ १७ मंगलवार १७:०० मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...