काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको हो ।
जसअनुसार आजदेखि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ ।
वि.सं.२०७९ माघ २४ मंगलवार ११:२७ मा प्रकाशित






























