back
CTIZAN AD

पर्वत प्रशासनका सेवा अब मोबाइलमै

वि.सं.२०७३ चैत २५ शुक्रवार

729 

shares

२५ चैत, फलेवास, पर्वत । सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा प्रवाह थालेका हुन् ।

जिल्लामा नै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स पनि सार्वजनिक गरेको छ । नागरिकलाई कार्यालयले प्रवाह गर्ने सेवा र लिने तरिका तथा लाग्ने प्रक्रियाका बारेमा एप्समा जानकारी समावेश गरिएको छ । कार्यालयले यसअघि सञ्चालनमा ल्याएको नागरिक मैत्री डिजिटल बडापत्र पनि यसमा राखिएको छ ।

त्यस्तै, नागरिकता, राहदानी, जिल्लाको सुरक्षा व्यवस्थापन र सामाजिक गतिविधि, स्थानीय प्रशासनले प्रदान गर्ने सेवा र कार्य, जिल्लाको विकास गतिविधि, धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी, महत्वपूर्ण सम्पर्क, सूचना तथा समाचार पनि उक्त एप्समा उल्लेख गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

एप्समा प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरणसहित नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था, सिसिटिभी क्यामेरा जडान प्रक्रिया, राहदानी, पेन्सन, पत्रपत्रिका दर्तालगायत सेवासुविधा लिने प्रक्रियासमेत उल्लेख गरिएको छ ।

त्यस्तै, जिल्लामा कार्यरत वडा सचिवको जानकारी पनि राखिएको छ । यसले जनतालाई सेवासुविधा लिन तथा सुशासन कायममा भूमिका खेल्ने प्रजिअ मरासिनीले बताउनुभयो । नागरिकलाई दु्रतसेवा दिन पनि यसले सहयोग गर्ने उहाँको भनाइ छ ।

साथै उहाँले यस एप्समार्फत सरकारी सेवा लिनका लागि आवश्यक पर्ने कागजात र प्रक्रिया उल्लेख गरिएको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले एकै दिनमा सेवा लिन सक्ने जनाउनुभयो । कार्यालयले यो एप्सलाई डाउनलोड गरी आवश्यक जानकारी लिनसक्ने जनाइएको छ । यो एप्स एन्ड्रोइड मोबाइलमा मात्र डाउनलोड हुनेछ ।

वि.सं.२०७३ चैत २५ शुक्रवार ०७:०५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...