back

पर्वत प्रशासनका सेवा अब मोबाइलमै

वि.सं.२०७३ चैत २५ शुक्रवार

582 

shares

२५ चैत, फलेवास, पर्वत । सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा प्रवाह थालेका हुन् ।

जिल्लामा नै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स पनि सार्वजनिक गरेको छ । नागरिकलाई कार्यालयले प्रवाह गर्ने सेवा र लिने तरिका तथा लाग्ने प्रक्रियाका बारेमा एप्समा जानकारी समावेश गरिएको छ । कार्यालयले यसअघि सञ्चालनमा ल्याएको नागरिक मैत्री डिजिटल बडापत्र पनि यसमा राखिएको छ ।

त्यस्तै, नागरिकता, राहदानी, जिल्लाको सुरक्षा व्यवस्थापन र सामाजिक गतिविधि, स्थानीय प्रशासनले प्रदान गर्ने सेवा र कार्य, जिल्लाको विकास गतिविधि, धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी, महत्वपूर्ण सम्पर्क, सूचना तथा समाचार पनि उक्त एप्समा उल्लेख गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

एप्समा प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरणसहित नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था, सिसिटिभी क्यामेरा जडान प्रक्रिया, राहदानी, पेन्सन, पत्रपत्रिका दर्तालगायत सेवासुविधा लिने प्रक्रियासमेत उल्लेख गरिएको छ ।

त्यस्तै, जिल्लामा कार्यरत वडा सचिवको जानकारी पनि राखिएको छ । यसले जनतालाई सेवासुविधा लिन तथा सुशासन कायममा भूमिका खेल्ने प्रजिअ मरासिनीले बताउनुभयो । नागरिकलाई दु्रतसेवा दिन पनि यसले सहयोग गर्ने उहाँको भनाइ छ ।

साथै उहाँले यस एप्समार्फत सरकारी सेवा लिनका लागि आवश्यक पर्ने कागजात र प्रक्रिया उल्लेख गरिएको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले एकै दिनमा सेवा लिन सक्ने जनाउनुभयो । कार्यालयले यो एप्सलाई डाउनलोड गरी आवश्यक जानकारी लिनसक्ने जनाइएको छ । यो एप्स एन्ड्रोइड मोबाइलमा मात्र डाउनलोड हुनेछ ।

वि.सं.२०७३ चैत २५ शुक्रवार ०७:०५ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...