back
CTIZAN AD

यस्तो छ रुपन्देहीमा निर्वाचनको तयारी

वि.सं.२०७३ चैत २५ शुक्रवार

798 

shares

२५ चैत, भैरहवा । आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारी रुपन्देहीमा पनि अन्तिम चरणमा पुगेको छ ।

स्थानीय क्षेत्रमा निर्वाचन सम्बन्धित गतिविधि बढेको र निर्वाचन कार्यालयले आफ्ना काम चुस्त बनाएकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कुल चार लाख ५८ हजार ६०६ मतदाता सङ्ख्या रहेको रुपन्देहीमा ३१ राजनीति दलले दल दर्ता गराएका छन् ।
एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा २०६ मतदानस्थल र ४५९ मतदान केन्द्र रहने समेत कार्यालयका प्रमुख हुमानाथ गौतमले राससलाई बताउनुभयो ।

एक उपमहानगरपालिका गरी जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसङ्ख्यक गरी कुल ८४५ जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने भएका छन् ।

जिल्ला अदालत न्यायाधीश मुरारीबाबु श्रेष्ठ मुख्य निर्वाचन अधिकृत रहनुभएको निर्वाचन केन्द्रमा कुल तीन हजार ६६९ कर्मचारी खटिएका छन् ।

स्थानीय निर्वाचनलाई लिएर अहिलेसम्म कुनै पनि समूहबाट प्रतिरोध नभएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिहंले बताउनुभएको छ ।

उहाँले निर्वाचन गराउनका लागि तयारी अवस्थामा रहेको र यहाँ सबै सुरक्षा निकायको समन्वयमा सुरक्षासम्बन्धी छलफल र अध्ययन भइरहेकाले पनि निर्वाचन सहजरुपमा सम्पन्न हुने दाबी गर्नुभयो ।

वि.सं.२०७३ चैत २५ शुक्रवार १०:५० मा प्रकाशित

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी...