Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरियाको नयाँ गाउँ र नेपालको ‘अष्ट ज’ अभियान



shiva-koirala
मेरो अघिल्लो पुस्ताले मलाई पटक पटक सुनाईरहने कुरा हो “तँं जन्मिने बेलातिर नेपाल लगभग धेरै खाद्यवस्तुहरूमा आत्मनिर्भर थियो, कर्तव्यलाई प्राथमिकतामा राखिन्थ्यो । अहिले अधिकारमुखी सोच हावी भएको छ । अभाव, गैह्रजिम्मेवारीपन र अनैतिकताले हामीलाई ढाक्दैछ । जीवन संकटग्रस्त बन्दैछ । हामीहरू गरिबीको उल्टो बाटो ओरालो झर्दैछौँ । आफू बन्न अरुको गला घोट्ने प्रवृत्ति बढ्दो छ । लुट्न नजान्नेलाई उल्लु भनिँदैछ । सामाजिक न्याय मर्दा पनि आवाज शसक्त हुन सकेको छैन । भोट हाल्ने जनता हैसियत नभएका र भोट पाई जनप्रतिनीधि कहलिएकाहरू हैसियत भएका हुँदैछन् । यो बिडम्वनायुक्त परिस्थिति हो र विकास र समृद्धि चाहनेहरूका लागि यो खतरनाक परिबेश हो ।”

दक्षिण कोरिया नेपाल भन्दा पनि धेरै नाजुक हालत र गरिबीको अवस्थामा गुज्रीन पुगेको इतिहास छ । त्यतिबेला कोरियामा अशिक्षा र गरिबीले जनतालाई थिचेको थियो । मानिसहरू गाउँमा अल्छी भएर समय बिताउँदै अरुको कुरा काटिरहने, जुवा तासमा समय बिताइरहने, बन विनाश बाढीपहिरोे विकासका पूर्वाधार मृतप्राय अवस्थामा रहेको अवस्था, कुशल राजनेताको अभाव, गाउँमा असल अगुवाको अभाव हँुदा अनुशासनहिनताको व्यापकता अति चरम रुपमा रहेको थियो यसका कारण असुरक्षा एकदमै चिन्ताका रुपमा बढ्दै गएको महशुस गरिन्थ्यो ।

वि.सं २०४८ सालमा दक्षिण कोरिया पुगेर केहि आयआर्जनका साथ नेपालको समृद्धिका निम्ती काम लाग्ने नमुनायुक्त उपायहरू पहिल्याउने मनसाय जागिरहँदाका केहि सिकाइहरू मलाई यतिबेला स्मरणिय भएका छन् । सन् १९१० बाट १९४५ सम्म जापानको उपनिबेश बनेको कोरियाबाट सबै कोरियाली स्रोतसाधनहरू जापान लगिन्थ्यो । सन् १९४५ मा कोरिया जापानवाट उपनिवेश मुक्त भएपछि पनि कोरिया सन् १९५३ सम्म शीतयुद्धमा थलिन पुगेका कारण उत्तर प्रायदिप कोरिया र दक्षिण प्रायदिप कोरिया भै अलग थलग रहन पुग्यो । जसका कारण हामीले उत्तर कोरिया र दक्षिण कोरिया दुई देश देखिरहेका छौँ । शितयुद्धका कारण जनशक्तिको उचित परिचालन हुन नसक्नु र आवश्यक स्रोतसाधन परिचालन नीतिको अभावका कारण कोरिया ज्यादै गरिब थियो । विकासका सारा पूर्वाधार खत्तम भएका थिए । जे जति पूर्वाधार थिए ती पनि विभाजनका समय उत्तर प्रायदिप खण्डमा परेका कारण दक्षिण कोरिया नेपाल भन्दा पनि धेरै नाजुक हालत र गरिबीको अवस्थामा गुज्रीन पुगेको इतिहास छ । त्यतिबेला कोरियामा अशिक्षा र गरिबीले जनतालाई थिचेको थियो । मानिसहरू गाउँमा अल्छी भएर समय बिताउँदै अरुको कुरा काटिरहने, जुवा तासमा समय बिताइरहने, बन विनाश बाढीपहिरोे विकासका पूर्वाधार मृतप्राय अवस्थामा रहेको अवस्था, कुशल राजनेताको अभाव, गाउँमा असल अगुवाको अभाव हँुदा अनुशासनहिनताको व्यापकता अति चरम रुपमा रहेको थियो यसका कारण असुरक्षा एकदमै चिन्ताका रुपमा बढ्दै गएको महशुस गरिन्थ्यो ।

korea-1

दशकौँ देखि दुःख पिडा र परनिर्भरताको चँगुलमा फसेको दक्षिण कोरियाले हार मानेन र निरन्तर आर्थिक विकास र सामाजिक रुपान्तरणको अभियानमा जुटिरह्यो । आर्थिक विकासको छटपटि वा बाँच्ने बलियो आधार खोजीरहेका बिदेशका धेरै मान्छेहरूका निम्ती जीवनस्तर उकास्ने महत्वपूर्ण सहयोगी आधारथलो बनेर दक्षिण कोरिया उभिएको देख्दा समृद्धि उन्मुख हाम्रो जस्तो नेपालका लागि महत्वपूर्ण शिक्षा के हुनसक्ला ? कोरियामा गाउँ संघसंस्था र समुदाय अनि देशलाई समृद्धि उन्मुख बनाउन कुशल अगुवा अनि सहि समयमा सहि निर्णय लिनसक्ने निश्कलंकीत व्यक्तिहरूको परिचालनबाट समुदायमा प्रभावकारी नेतृत्वको ज्ञान सीप हस्तान्तरण गरिनुपर्ने कार्यलाई आवश्यक ठानि व्यवहारिक रुपमा फरक परिवर्तन र समृद्धिका लागि एक नयाँ गाउँ अभियानको थालनी गरिएको रहेछ । परिवर्तन विकास र समृद्धिका लागि अब आफै काम नगरि हुँदैन भन्ने ठानिएको अवस्थामा कोरियाली शासकले यो भावनालाई आत्मसात गरि जनतालाई पुरै साथ दिन पुगेकाले नयाँ गाउँ अभियान सफलताका साथ सञ्चालन भै सन् १९७० को दशक सँगै सारा देशभर नयाँ गाउँ अभियान लागू भयो । यसपछि सरकारी अधिकारीको प्रत्यक्ष सम्बन्ध गाउँलेसँग हुनपुग्यो, गाउँमा दिगो विकासमा समर्पित अभियान ‘लिडर’ बन्यो, सामुदायिक विकासका कार्यहरूमा महिलाहरू सक्रिय भए । स्वयंसेवक अभियान चलाईयो । गाउँमा कृषि सडक, विद्यालय, अस्पताल आदिका साथै गाउँमा उत्पादनसँग जोडिएका योजनाहरू बनाई सञ्चालन गरिन थालियो । कृषिमा वैज्ञानिक प्रविधि भित्र्याइन थालियो । हरेक गाउँहरूमा साक्षरतासँग जोडेर नयाँ गाउँ अभियान शिक्षा चलाइयो । विकासका सोच र धारणासँग सम्बन्धित भएर मानवत्वको विकासलाई नयाँ गाउँ अभियानमा जोडिन थालियो । यसरी देशभर सरकार समेतको पहलमा गाउँ शहर जताततै औद्योगिकीकरण तथा आर्थिक विकासमा जोड दिन थालियो । विकासका कार्यलाई अगाडी बढाउन सरकारी अनुदान ४९ प्रतिशत र जनश्रमदान ५१ प्रतिशतको अवधारणा लागू गरि प्रत्येक गाउँको विकासमा सहयोग गर्न नगद अनुदान नदिई सिमेण्ट छड दिइयो ।

korea-2

सन् १९६३ मा पार्क चुड.ही राष्ट्रपति भएपछि विदेशी सहयोगलाई एकद्धार प्रणाली अनुसार परिचालित गराई उद्यमी व्यापारीहरूलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराइयो । विना पूर्वाग्रह सबैलाई क्षमता अनुरुपका काम दिन थालियो । सरकारको नीति कार्यान्वयनमा ‘टप टु बटम’ र ‘बटम टु टप’ दुवै प्रणाली लागू गरियो । औद्योगिकीकरणमा निकै जोड दिइ निर्यात व्यापारमा कोरिया अगाडी बढ्यो । व्यवहारिक, प्रयोगात्मक र सीपमूलक शिक्षालाई अनिवार्य गराइयो । सन् १९६२ मा प्रत्येक कोरियालीको आय ८७ डलर भएकोमा हाल प्रतिव्यक्ति आय २० हजार डलर भन्दा बढी हुन थालिसकेको छ । आजको समृद्धशाली कोरिया तात्कालिन राष्ट्रपति पार्क चुड. ही को नेतृत्व र यो नयाँ गाउँ अभियानकै परिणाम हो भनेर बुझ्न सकिन्छ । बिशेष गरी यो नयाँ गाउँ अभियानले आत्मसहयोग, मेलमिलाप र सहकार्य अनि लगनशिलतापूर्वक मिहेनत यी तिन कुरामा बिशेष जोड दिएको थियो । आजको संयुक्त राष्ट्र संघले नयाँ गाउँ अभियानलाई गरिबी निवारण तथा जनताको जीवनस्तर उकास्ने विकासको एक मोडेल भनेर मान्न पुगेकोे पनि छ ।

सडक यातायात र हवाई यातायातको पहुँच नभएको कुनै ठाउँ कोरियामा भेटिएन । पानीको अभाव भएको ठाउँ भेटिएन । अव्यवस्थित फोहरमैला कतै देखिएन । सफा सुन्दर रमणीय र सदा व्यस्त दक्षिण कोरिया मेरो दृष्टिमा परिरह्यो । कामकै सन्दर्भमा मानिसहरूको आवागमन भैरहन्थ्यो । चोर, ठग र काम नगर्ने अल्छी लम्पटहरूलाई घृणा र सामाजिक बहिष्कार गरिँदो रहेछ । रमणीय पहाडी भू–भागहरू होमस्टे, पर्यटकीय गन्तव्य र हनिमुन लेक बनेका रहेछन् । खोला खोल्सीहरू चराचुरुङ्गीका व्यवस्थित कृडास्थल बनाइएका छन् । नदी नाला र समुद्रका तटहरू पार्किङ्ग, रेष्टुरेण्ट र व्यावसायिक थलो बनेका रहेछन् । यसरी आन्तरिक पर्यटनको विकास सँगै बाह्य पर्यटनको आकर्षण बनाइएको रहेछ । मानिसका लागि असम्भव केहि नहुँदो रहेछ । काम नलाग्ने भनिएका पहाडी भूभागहरू डलर कमाउने गतिलो आधार बनेको छ । हामीमा नकारात्मक सोचाइको व्यापकताका कारण आवश्यकताका आधारमा सकारात्मक सोचको विकासमा बाधा सृजना हुन पुग्यो र सिर्जनशिलतामा ह्रास आइरहेको छ । यसैका कारण सिर्जनशिल मानसिकता गुमाएर नै हामी गरिबीबाट माथी उठ्न नसकेका रहेछौँ भनि बुझ्नलाई सहज भैरहेको थियो ।

हामी “विकास र समृद्धिको भोका थियौँ तसर्थ त्यो सम्बोधनमा हामीले सगरमाथाको देश, गौतम बुद्धको देश, हिन्दु धर्मको देश, जैविक विविधताको धनी देश, जडिबुटीको भण्डार, जलश्रोतको धनी देश, अत्यन्त रमणीय प्राकृतिक मनोरम दृश्यको धनी देश भएर पनि आज हामीलाई कोरियामा श्रमिक भएर रहँदा लज्जाबोध भएको छ” भनेका थियौँ । तर, आजसम्म पनि हामीलाई आर्थिक विकास र समृद्धिका लागि कसैले अगुवाई नगरेको अवस्थामा गम्भीर भएर यो सिकाइलाई सार्वजनिक गर्न मन लाग्यो । यो सिकाई कोरियामा लागू गरिएको नयाँ गाउँ अभियानबाट प्राप्त सकारात्मक अनुभव हो ।

सिकाइहरू
१. कुशल नेतृत्व आजको खाँचो हो भने राजनीति नीतिहरूको माउ नीति हो । र विकास र समृद्धिका लागि आवश्यक सबै नीतिहरूको निर्माण र अगुवाई राजनीतिबाटै गरिनु पर्दछ ।
२. कुनै पनि कार्ययोजनाको कार्यान्वयनमा सफलता प्राप्त गर्न सोहि अनुरुप व्यवहार सुधारिन जरुरी हुन्छ ।
३. सहकार्यका साथ कडा परिश्रम तथा आफ्नो काम आँफै गर्ने परिपाटी बसालिनु जरुरी छ ।
४. आर्थिक तथा शैक्षिक रुपान्तरणमा जनचाहना र राज्यको चासोलाई अभिबृद्धि गरिनुपर्दछ ।
५. सरकार र गाउँशहर बीचको सम्वन्धलाई अझ गाढा र प्रगाढ बनाईनु पर्दछ ।
६. दिगो विकासका लागि जनसहभागिताको सुनिश्चितता गरिनु पर्दछ ।
कोरियामा रहँदाका अवस्थामा कोरियाको प्रगतिका बारेमा अनुभूत गरिएका यी सिकाइहरूलाई नेपालमा लागू गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । हामी कोरियामा श्रमिकका रुपमा कार्यरत रहँदा नेपाल सम्पर्क समिति कोरियाको सक्रियतामा ३५ सय नेपालीहरूको हस्ताक्षर संकलन गरी मुलुकको आवश्यकताका आधारमा १६–१७ घण्टा कार्य गर्न लालायित भएको व्यहोरा तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अवगत गराउन सम्बोधन गरी प्रधानमन्त्रीको सचिवालयमा प्रेषित गरेका थियौँ । हामी “विकास र समृद्धिको भोका थियौँ तसर्थ त्यो सम्बोधनमा हामीले सगरमाथाको देश, गौतम बुद्धको देश, हिन्दु धर्मको देश, जैविक विविधताको धनी देश, जडिबुटीको भण्डार, जलश्रोतको धनी देश, अत्यन्त रमणीय प्राकृतिक मनोरम दृश्यको धनी देश भएर पनि आज हामीलाई कोरियामा श्रमिक भएर रहँदा लज्जाबोध भएको छ” भनेका थियौँ । तर, आजसम्म पनि हामीलाई आर्थिक विकास र समृद्धिका लागि कसैले अगुवाई नगरेको अवस्थामा गम्भीर भएर यो सिकाइलाई सार्वजनिक गर्न मन लाग्यो । यो सिकाई कोरियामा लागू गरिएको नयाँ गाउँ अभियानबाट प्राप्त सकारात्मक अनुभव हो ।
korea-project

Saemaul भन्नाले Sae को अर्थ Renewal तथा Maul  को अर्थ Regional, Social communities हुन्छ । समग्रमा यसले ‘नयाँ गाउँ अभियान’ वा ‘आफ्नो गाउँ आफै बनाउँ अभियान’ जस्तै हो भन्ने बुझाउँछ । जे जसरी होस् यस अभियानका कृयाकलापले प्रत्यक्ष रुपमा समुदायको जीवनस्तर उकास्ने कार्यसँग सम्बन्ध राख्दछ । यो Saemaul Undong अर्थात् नयाँ गाउँ अभियान समुदाय तथा देशलाई विकास गर्ने मोडलका रुपमा तत्कालिन कोरियाली सरकारले साथ दिएको एक कोरियन मोडेल हो । यसको सफलता र यही मोडेलका माध्यमबाट दक्षिण कोरियाले मारेको फड्को हाम्रा लागि एक महत्वपूर्ण प्रेरणात्मक सिकाई हुनसक्दछ ।

नेपालको सन्दर्भ र अष्ट ज अभियान
नयाँ गाउँ अभियानका कारण आज कोरिया समृद्ध र शक्तिशाली बनेको छ । कोरियाली जनतामा मेहनतका साथ कार्य गर्नुलाई एक संंस्कार ठानिन्छ । यथार्थमा हामीले देखेका हरेक विकसित र समृद्ध एवम् शक्तिशाली मुलुक बन्नुको पछाडी लगनशिलतापूर्वक गरिने मिहेनतको ठूलो भूमिका देखिन्छ । हामी जलवायुका दृष्टिमा विश्वमै धनी छौँ, जलस्रोतका दृष्टिमा पनि उल्लेख्य धनी छौँ । जडिबुटीको उपलव्धताले हामीलाई विश्वकै धनी बन्न सक्ने आधार दिएको छ । नेपालीलाई बाँच्न आवश्यक जराजुरी अर्थात् अन्न, तरकारी, फलफूल लगायतका सागसब्जीहरू उत्पादन गर्न सकिने खेतीयोग्य जमीनको पर्याप्त उपलब्धता हामीसँग छ । तैपनि गरिब छौँ किन ? यो गम्भीर सवाल हो ।

astaja-rastrapati

हाम्रो राजनीति स्वार्थी बन्दै गयो सत्ता केन्द्रित हुँदै गयो जसका कारण अधिकारमुखी सोच र बानी हावी हुनगै हामीहरू कर्तव्यविमुख हुनपुग्यौँ । हामीले आत्मसहयोगको भावनाका साथ मेलमिलाप र मिहेनतलाई बेवास्ता गरेर ठूलो भूल गरिरहेछौँ । देशमा उपलब्ध चलायमान जनशक्ति विकास र समृद्धिको जीवन्त आधार हो । हामीसँग आवश्यक जनशक्तिको राम्रै उपलब्धता छ । जलवायु विविधताका कारण हाम्रो देशमा विविध प्रकारका प्राणी जनावरहरूको उपलब्धता छ । हामीले जान्याँै भने मुलुकलाई धनी सम्पन्न समृद्ध बनाउन आवश्यक स्रोतसाधन उपलब्धता गराउन सक्ने अवस्थामा हामी रहेका छौँ । खसी बोकाको आयातमा अरबौँ खर्चिदा पनि हामी रतुवा, हरिण, जरायो, मृग आदि जनावरलाई व्यावसायिक रुपमा पालन तथा संरक्षण गर्न नपाइने अवैज्ञानिक नीति अख्यिार गरिरहेका छौँ । रेमिट्यान्सबाट आर्जित रकम समेत बाहिरिइरहेकै छ । क्षेत्रफल सानो भएपनि विविधतायुक्त जमिनका साथै आवश्यक स्रोतसाधनको पूर्वाधार भएको जंगलको अभाव हामीसँग छैन । तर हामीसँग एकीकृत र समन्वयात्मक योजनाको अभाव छ । एकिकृत र समन्वयात्मक ढंगवाट योजना बनाई कोरियाली अनुभवका रुपमा रहेको उल्लेखित आत्मसहयोग, कडा मिहेनत र मेलमिलाप एवम् सहकार्यलाई व्यवहारिक रुपमा उपयोगमा ल्याउन सकेमा जल, जमीन, जंगल, जनावर, जनशक्ति, जडिबुटी, जलवायु र जराजुरी आर्थिक विकास एवम् समृद्धिका लागि राष्ट्रकै मेरुदण्ड बरावरी हुन पुग्ने छ र नेपाल मुलुक विश्वकै एक समृद्ध मुलुक बन्न सक्छ ।

अष्ट ज अभियान मुलुकमा समृद्धिको आशय बोकेर क्रियाशिल भइरहँदा सरकार अष्ट ज अभियानप्रति बेखवर भएर रहनु वा हातेमालो गर्न तयार नहुनु दुखद् हो । यस स्थितिका बिच यसका अभियन्ताहरूले आत्मसमिक्षा गर्दैे अलि बढी कष्ट सहेर जनताबिच पुग्न सक्नुपर्छ र जनताबिच खुला रुपमा विकास र समृद्धिको बहस चलाएर अगाडी बढ्न जरुरी देखिएको छ ।

हामीसँग उपलब्ध आठ वटा ज अर्थात् जल, जमिन, जंगल, जनावर, जनशक्ति, जडिबुटी, जलवायु र जराजुरी आदिलाई व्यावसायिक प्रयोग खातिर एकिकृत र समन्वयात्मक ढंगवाट योजना बनाई आत्मसहयोग, सहकार्ययुक्त मेलमिलाप र कडा मिहेनतको संस्कारका साथ जनशक्तिको उपयुक्त परिचालनका कार्यलाई अगाडी बढाउने कोरियाली प्रायद्धिपमा सञ्चालित नयाँ गाउँ अभियानको नेपाली माटोमा सुहाउँदो तौरतरिकालाई अपनाउनु उपयुक्र्त छ । वि.सं. २०६५ सालदेखी समृद्धिको बहस चलाइरहेको अष्ट ज अभियान मुलुकभर पुगेको भएतापनि यो जनतामाझ अझ स्थापित हुन जरुरी छ । राज्यले यसलाई मुलुकको विकास तथा समृद्धिको लागि एक सहयोगी हो भनि ठान्न सक्ने अवस्थाको सिर्जना गराउन सक्नु पर्दछ । अष्ट ज अभियानको जागरण यात्रा मुलुकको विकास र समृद्धिका लागि आवश्यक देखिएको छ । गाउँ अभियानका लागि जनशक्तिको व्यापक परिचालन जरुरी छ । स्रोतसाधनको अधिकतम उपयोग अनिवार्य छ । अष्ट ज अभियान मुलुकमा समृद्धिको आशय बोकेर क्रियाशिल भइरहँदा सरकार अष्ट ज अभियानप्रति बेखवर भएर रहनु वा हातेमालो गर्न तयार नहुनु दुखद् हो । यस स्थितिका बिच यसका अभियन्ताहरूले आत्मसमिक्षा गर्दैे अलि बढी कष्ट सहेर जनताबिच पुग्न सक्नुपर्छ र जनताबिच खुला रुपमा विकास र समृद्धिको बहस चलाएर अगाडी बढ्न जरुरी देखिएको छ । समृद्धिको अभियानलाई साथ नदिने कोहि हँुदैनन् भन्ने सकरात्मक मनोबलका साथ समृद्धिलाई अभियान बनाएर अगाडी बढ्न सके जनताले अवश्य साथ दिनेछन् भन्ने विश्वास बढाउनु पर्दछ । कसैले गरीदेला र होला भन्ने परजीवि चिन्तन अब फयाँक्दै समृद्धिबाट स्वाधिनता हासिल गर्नका लागि हामी जुर्मुराउनै पर्दछ ।

(कोइराला, अष्ट ज अभियान नेपालका सचिव हुन् ।)

(प्रस्तुत लेख ऐक्यबद्धता मासिक(Solidarity Monthly Magazine) को फागुन २०७३ अंकमा पनि पढ्न सकिन्छ ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको