back
CTIZAN AD

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष भन्छिन्–हामी सबैले सधैं प्रयोग गर्ने साधन होइनौं

वि.सं.२०७९ माघ २६ बिहीवार

756 

shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफुहरु सबैले सधै प्रयोग गर्न मिल्ने साधन नभएको बताएकी छन् ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि सुदूरपश्चिम सरकार ढलेसँगै अध्यक्ष श्रेष्ठले यस्तो बताएकी हुन् ।

‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं । यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनि सहभागिता रहनुपर्दछ । भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलवासीको अपमान गरेर मुलुक कहिल्यै समृद्दशाली हुनसक्दैन त्यसैले जनभावनाको कदर गरौँ । जनमतको कदर गरौ ।’ अध्यक्ष श्रेष्ठले भनेका छन् ।

अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार रहेको, मानवअधिकारकर्मीहरुको आँखा नखुलेको र आफुहरुलाई उचाल्नेहरुको ताँती पनि लामै रहेको आरोप श्रेष्ठले लगाएकी छन् ।

‘तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं । सम्मानित राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन ? झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालिरहन्छौं । न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ । जय नागरीक ।’ अध्यक्ष श्रेष्ठले भनेकी छन् ।

वि.सं.२०७९ माघ २६ बिहीवार २०:२७ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...