back
CTIZAN AD

रुसमाथि नयाँ प्रतिबन्ध लगाउने बेलायतको घोषणा

वि.सं.२०७९ माघ २६ बिहीवार

729 

shares

लन्डन । युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चाल्ससँग भेटघाट गर्न बेलाइत पुगेका छन् । उनले बेलायतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमबीच यो घोषणा भएको हो ।

यो घोषणा युक्रेन विरुद्ध ड्रोनजस्ता विभिन्न किसिमका सैन्य उपकरण उपलब्ध गराउँने छ वटा संस्था, कुलीन आठ व्यक्ति र एउटा संस्था विरुद्ध केन्द्रित हुनेछ । बेलायती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थप आर्थिक दवाब पर्ने बताएका छन् ।

“यी नयाँ प्रतिबन्धले पुटिनमाथिको आर्थिक दवाबलाई थप बलियो बनाउने छ । युक्रेनलाई विजयी बनाउन मद्दत गर्न र रुसलाइ कमजोर पार्न म दृढ छु । यी कुरा हाम्रो कानुनसँग मेल खान्छन्”, उनले भने ।

यो लागू प्रतिबन्ध सीएसटी, ड्रोन निर्माता, आरटी–कम्प्लेक्ट, द्वन्द्वमा प्रयोग हुने हेलिकप्टरका पार्टपूर्जा बनाउँने कम्पनी र अन्य सैन्य उपकरणको ढुवानी व्यवस्थापन गर्ने ओबोरोनोलोजिस्टि, एन्टी–एयरक्राफ्ट मिसाइल निर्माणसँग सम्बन्धित छ । त्यसैगरी सैन्य उड्डयनमा सङ्लग्न सफ्टवेयर कम्पनी टोपाजलगायतलाई पनि बेलाइतले प्रतिबन्ध लगाएको छ ।

यसका अतिरिक्त कुलीन लक्षित व्यक्तिमा बोरिस टिटोभ, निकोले एगोरोभ, सर्गेई रुडनोभ, स्वेतलाना क्रिभोनोगिख र विक्टर म्याचिन रहेका छन् । यसबाहेक, बेलाइत सरकारले प्रतिबन्ध लगाएका व्यक्तिमा एलेक्सी रेपिक, इभजेनी स्कोलोभ र पावेल टिटोभ समावेश छन् । रुस– युक्रेन युद्ध विगत एक वर्षदेखि निरन्तर जारी छ । (रासस/एएनआई)

वि.सं.२०७९ माघ २६ बिहीवार २०:४४ मा प्रकाशित

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...