back
CTIZAN AD

‘बुलाकी’ को टिजर सार्वजनीक (भिडियोसहित)

वि.सं.२०७९ माघ २७ शुक्रवार

675 

shares

काठमाडौं । नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को टिजर शुक्रबार म्युजीक डटकममार्फत सार्वजनीक गरिएको छ ।

झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

लक्ष्मण सुनार निर्देशीत फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन । ‘फस्र्टलुक’ सँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् भने उनीहरुको साथमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका साथै नयाँ प्रस्तुति स्वरुप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिब ढकालले छायंकन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् । डोल्पा,जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको फिल्मको बितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार १६:५५ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...