back
CTIZAN AD

टर्की भूकम्पः मृतकको संख्या चौबीस हजार नाघ्यो, ५३ लाख सिरियाली घरबारबिहीन

वि.सं.२०७९ माघ २८ शनिवार

669 

shares

इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् ।

उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन् । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।

टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको आज निधन भएको छ ।

भूँइकम्प भएको एकसय २९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । भूकम्प प्रभावित नुरुदाग शहरमा उक्त चमत्कार भएको हो । पाँच जनाको जीवन जोगाउन पाएकामा उद्धारकर्मीले खुशी हुँदै भगवान्को प्रार्थना गर्दै ‘ईश्वर महान् हुनुहुन्छ’ भनेका थिए । कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । आज नौ जनालाई जीवितै उद्धार गरिएको छ ।

मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन् । टर्कीएको कहरामनमारस प्रान्तमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले खोज तथा उद्धारमा टर्कीएले गरेका प्रयासको सराहना गरेका छन् । उनले सिरियामा पनि सहायता सामग्री परिचान गरिने जनाए पनि सरकार नियन्त्रित र विद्रोहीको पकड भएका सिरियाली भूमिमा कसरी राहत सामग्री आपूर्ति गर्नेभन्नेमा स्पष्ट भएको छैन । (रासस÷एपी)

वि.सं.२०७९ माघ २८ शनिवार १८:२७ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...